ताप्लेजुङको मामांखे र याम्फुदिनमा बाढी पहिरोका कारण सयौँ परिवार प्रभावित, लाखौँको क्षती




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नंं. ६ मामाङ्खे र वडा नम्बर ८ याम्फुदिनमा पहिरो जाँदा दर्जनौ घररिवार विस्थापित भएका छन् । वडा नं. ६ गैरी बस्ने यनराज लिम्बुको घर सँगै पशुचौपाया बगाउँदा १६ लाख नब्बे हजार रुपैँया बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरिक्षक रवि रावलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोही ठाउँका सुक्रराज लिम्बुको घर सहित पशु चौपाया बगाउँदा १० लाख अस्सि हजार रुपैँया क्षती भएको छ । विस्थापित परिवारलाई स्थानीय मानिस र प्रहरीको सहयोगमा टंक गौतमको खाली जग्गामा राखिएको प्रहरी उपरिक्षक रावलले जानकारी दिनुभयो ।

पहिरोले गौरिमाया लिम्बु, पुर्णकुमार माबो, भिममाया गुरुङ, यामबहादुर लिम्बु, बुद्धिमान लिम्बु, रनकुमार लिम्बू, चन्द्रमान लिम्बू, रबि बहादुर लिम्बू, ख्यालमान लिम्बु, बिरबहादुर लिम्बु, जगत लिम्बु, अमृत लिम्बुको घर जोखिममा रहेको स्थानीयले बताएका छन् ।

त्यस्तै चन्द्र बहादुर लिम्बुको घर बगाएको छ भने आगे जेठ्ठा, आगे कान्छा, साबिका २ नं. वडा देउराली डाडाँका मनकुमार लिम्बू, ईन्द्र ब. लिम्बू, मन ब. लिम्बू, नारायण भटराई, मेघनाथ भटराई र साबिक ६ नम्बर वडाका गलिमुनि माईलाको घरपनि उच्चजोखिममा रहेको छ ।

त्यस्तै गरि सिरिजङ्गा ८ याम्फुदिन साम्मेथुङका पदम माबो, छिरिङ भोटे, राज बहादुर लिम्बु, कृतिमान लिम्बु, गर्जमान गुरुङ र उमेस लिम्बुको घरमा पहिरोले क्षती गरेको र साबिक वडा नंं. ४ मासबारि कान्छाको बाख्रा बस्तु बगाएको बताईएको छ । यसअघि शुक्रबार फक्ताङलुङ गाउँपालिका वडा नं. २ खेजेनिमा पहिरो जाँदा एकै परिवारका ४ जनाको ज्यान गएको थियो गत ३० गते सिरिजङघाको खेबाङमा पहिरो जाँदा एक जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : 11:54 am

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि