ताप्लेजुङको विभिन्न ठाउँमा पहिरो : दर्जनौं परिवार विस्थापित



ताप्लेजुङ । ताप्लेजुङको विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौ परिवार विस्थापित भएका छन् । पछिल्लो चाररपाँच दिनयता निरन्तर हुँदै आएको वर्षाका कारण गएको पहिरोले घरमा क्षति पुर्‍याउँदा दर्जनौं परिवार विस्थापित भएका हुन् ।

प्रहरीका अनुसार शनिबार बिहान पहिरो जाँदा मिक्वाखोला गाउँपालिका–५ पापुङमा तीन परिवार विस्थापित भएका छन् । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार पापुङ, ताङ्खु टोलका आइतबीर लिम्बू, मनकुमार लिम्बू र मोहन लिम्बूको परिवार विस्थापित भएका छन् । बिहान करिव ५ः३० बजेतिर वर्षासँगै माथिबाट झरेको पहिरोले बस्न नमल्निेगरी घरमा क्षति पुर्‍याउँदा उहाँहरुको परिवारले विस्थापित हुनुपरेको प्रनाउ रावलले जानकारी दिनुभयो ।

उहाँका अनुसार तीनजना लिम्बूका परिवारका सदस्यहरुले भागेर ज्यान बचाउन सफल भएका छन् भने पहिरोले गोठ र खोरसहित केही पशुपन्छी बगाएको छ । यस्तै सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा शनिबार नै बिहानको राति करिव २ बजेतिर गएको पहिरोले छ परिवार विस्थापित भएका छन् । मामाङ्खे थत्रुवाका गोरीमाया लिम्बू, पूर्णकुमार माबो र भीममाया गुरुङको परिवारले बिस्थापित हुनुपरेको छ ।

मामाङ्खेकै थबाबुकका ख्यालमान लिम्बू र बीरबहादुर लिम्बू, आगेगाउँका चन्द्रबहादुर लिम्बूको परिवार विस्थापित भएका छन् । सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनको साम्मेधुङ टोलका पदम माबो, कीर्तिमान लिम्बू, राजबहादुर लिम्बू र छिरिङ भोटेको परिवार विस्थापित भएको मामाङ्खेका स्थानीय कैलास माबोले जानकारी दिनुभयो । विस्थापित भएका परिवारले सुरक्षित ठाउँमा आफन्तको शरण लिएर बस्दै आएका माबोले जानकारी दिनुभयो ।

उहाँकाअनुसार पहिरोले मामाङ्खेमा ३० भन्दा बढी परिवार पहिरोको उच्च जोखिममा परेका छन् । यस्तै पहिरोले खानेपानीमा क्षति पुर्‍याउँदा मामाङ्खेका करिव तीनसय परिवारले खानेपानीबाट वञ्चित हुनुपरेको पनि माबोले जानकारी दिनुभयो । यसैगरी याम्फदिनमा पनि दर्जन बढी परिवार बाढीपहिरोको उच्च जोखिममा रहेका स्थानीय जनप्रतिनिधि सन्तोष राईले जानकारी दिनुभयो ।

यसरी मनसुन पूर्णरुपमा सक्रिय नहुँदै बाढीपहिरोले मानवीयसहित पशुचौपाया, खेतीबाली, सडक, पुल, खानेपानी लगायतका संरचनामा क्षति गर्न थालेकाले जिल्लावासी त्रसित बनेका छन् । ताप्लेजुङको भुवनावट पहिरोको जोखिम पर्ने जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार यहाँका ६१ वटामध्ये ४१ वटा वडा पहिरोको उच्च जोखिममा पर्दछन् ।गोरखापत्र अनलाइन


प्रकाशित मिति : १ असार २०८१, शनिबार ११:३८

फुङलिङ ८ मा बाढीले मेचि राजमार्ग अवरुद्ध

रेडियो काबेली ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा ८ स्थित बैशाखे

ओलाङचुङगोलामा पहिरोले काठे पुल बग्यो

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा नं. ७ ओलाङचुङगोलामा

पाथीभरा केबलकारमा शतप्रतिशत स्थानीयलाई रोजगारी दिने चन्द्र ढकालको प्रतिबद्धता

नेपाल उद्योग वाणिज्य वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल ताप्लेजुङको पाथीभरा

मिडिया ट्रायल, सहकारी र नेपाली राजनीति

ई. वीरेन्द्र श्रेष्ठ ताप्लेजुङ । नेपालमा सहकारी संस्था ठगीको मुद्दा

वाईसिएलको आयोजनामा ऐतिहासिक लिम्बु साँस्कृतिक सङ्ग्रहालय सरसफाई गरिने

रेडियो काबेलीताप्लेजुङ । योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) को आयोजनामा जिल्लाको