ताप्लेजुङको विभिन्न ठाउँमा पहिरो : दर्जनौं परिवार विस्थापित



ताप्लेजुङ । ताप्लेजुङको विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौ परिवार विस्थापित भएका छन् । पछिल्लो चाररपाँच दिनयता निरन्तर हुँदै आएको वर्षाका कारण गएको पहिरोले घरमा क्षति पुर्‍याउँदा दर्जनौं परिवार विस्थापित भएका हुन् ।

प्रहरीका अनुसार शनिबार बिहान पहिरो जाँदा मिक्वाखोला गाउँपालिका–५ पापुङमा तीन परिवार विस्थापित भएका छन् । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार पापुङ, ताङ्खु टोलका आइतबीर लिम्बू, मनकुमार लिम्बू र मोहन लिम्बूको परिवार विस्थापित भएका छन् । बिहान करिव ५ः३० बजेतिर वर्षासँगै माथिबाट झरेको पहिरोले बस्न नमल्निेगरी घरमा क्षति पुर्‍याउँदा उहाँहरुको परिवारले विस्थापित हुनुपरेको प्रनाउ रावलले जानकारी दिनुभयो ।

उहाँका अनुसार तीनजना लिम्बूका परिवारका सदस्यहरुले भागेर ज्यान बचाउन सफल भएका छन् भने पहिरोले गोठ र खोरसहित केही पशुपन्छी बगाएको छ । यस्तै सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा शनिबार नै बिहानको राति करिव २ बजेतिर गएको पहिरोले छ परिवार विस्थापित भएका छन् । मामाङ्खे थत्रुवाका गोरीमाया लिम्बू, पूर्णकुमार माबो र भीममाया गुरुङको परिवारले बिस्थापित हुनुपरेको छ ।

मामाङ्खेकै थबाबुकका ख्यालमान लिम्बू र बीरबहादुर लिम्बू, आगेगाउँका चन्द्रबहादुर लिम्बूको परिवार विस्थापित भएका छन् । सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनको साम्मेधुङ टोलका पदम माबो, कीर्तिमान लिम्बू, राजबहादुर लिम्बू र छिरिङ भोटेको परिवार विस्थापित भएको मामाङ्खेका स्थानीय कैलास माबोले जानकारी दिनुभयो । विस्थापित भएका परिवारले सुरक्षित ठाउँमा आफन्तको शरण लिएर बस्दै आएका माबोले जानकारी दिनुभयो ।

उहाँकाअनुसार पहिरोले मामाङ्खेमा ३० भन्दा बढी परिवार पहिरोको उच्च जोखिममा परेका छन् । यस्तै पहिरोले खानेपानीमा क्षति पुर्‍याउँदा मामाङ्खेका करिव तीनसय परिवारले खानेपानीबाट वञ्चित हुनुपरेको पनि माबोले जानकारी दिनुभयो । यसैगरी याम्फदिनमा पनि दर्जन बढी परिवार बाढीपहिरोको उच्च जोखिममा रहेका स्थानीय जनप्रतिनिधि सन्तोष राईले जानकारी दिनुभयो ।

यसरी मनसुन पूर्णरुपमा सक्रिय नहुँदै बाढीपहिरोले मानवीयसहित पशुचौपाया, खेतीबाली, सडक, पुल, खानेपानी लगायतका संरचनामा क्षति गर्न थालेकाले जिल्लावासी त्रसित बनेका छन् । ताप्लेजुङको भुवनावट पहिरोको जोखिम पर्ने जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार यहाँका ६१ वटामध्ये ४१ वटा वडा पहिरोको उच्च जोखिममा पर्दछन् ।गोरखापत्र अनलाइन


प्रकाशित मिति : 11:38 am

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ