मिक्वाखोलाको गाउँसभा सुरु




ताप्लेजुङ । मिक्वाखोला गाउँपालिकाको १८ औँ गाउँसभा एवंम अधिवेशन सुरु भएको छ । आगामि आर्थिक वर्ष २०८१÷८२ का लागि नीति तथा कार्यक्रम माथि स्थलगत रुपमा सुझाब संकल बुधबार सकेसँगै शुक्रबार (आज) अधिवेशन सुरु गरिएको गाउँपालिका अध्यक्ष भक्त बहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो ।

शुक्रबारबाट सुरु भएको गाउँसभा एव्म अधिवेशमा गाउँपालिका अध्यक्ष भक्त बहादुर कार्कीले नीति तथा कार्यक्रम पेश गर्नु भएको छ भने उक्त नीति तथा कार्यक्रम असार ५ गते पारित गरिने पालिकाले जनाएको छ ।

गाउँसभामा अध्यक्ष कार्की, उपाध्यक्ष डण्डु लामा, पालिकाको ५ वटै वडाका जनप्रतिनीधि र पालिकाका विषयगत शाखा प्रमुखहरुको उपस्थिती रहेको छ । शुक्रबारबाट सुरु भएको गाउँसभा असार ५ गते नीति तथा कार्यक्रम पारित गरेसँगै समाप्त हुने स्वकीय सचिव थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार ११:२४

सिँवा माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर, दुई सयले लिए सेवा

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. ३ लिङखिमस्थित सिँवा

कञ्चनजंघाको दक्षिणी आधार शिवरमा टावर निर्माण गरिदिन सिरीजङ्घा गाउँपालिकाको दुरसञ्चारलाई पत्र

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले कञ्चनजंघा हिमालको दक्षिणी आधार

साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल, पर्यटकको रोजाइमा

ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा पछिल्लो समय आन्तरिक

केवलकार खारेज गर्नुपर्ने अडान कायमै रहेको नो केबलकार पक्षधरको भनाइ

ताप्लेजुङ। पाथीभरा (मुक्कुमलुङ) बचाउ अभियानमा रहेको नो केवलकार पक्षले आफ्नो

प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव सञ्चालन गर्दै सिदिङबा गाउँपालिका

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले प्रथम तीन दिने सिदिङ्वा धाम