ताप्लेजुङमा पहिरोले एकै परिवारका ४ जनाको मृत्यु



ताप्लेजुङ – ताप्लेजुङमा गएरातिको अविरलवर्षासँगै आएको पहिरोमा परी ४ जनाको मृत्यु भएको छ ।

फक्ताङलुङ गाउँपालिका २ खेजेनिममा गएराति करिब साढे १ बजे पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको वडाध्यक्ष भुपेन्द्र चौलागाईले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रबिन साम्रा ९बिकास०को बुवा ७० वर्षीय रामबहादुर साम्रा, आमा ५० वर्षीय जसमाया साम्रा, जुम्ल्याहा बहिनी गंगा र जमुना रहेका छन् । ४ जनाको शव घरदेखि करिब ५० मिटर तल फेला पारि सुरक्षित स्थानमा राखिएको वडाध्यक्ष चौँलागाईले बताउनुभयो । घरदेखि करिब २ सय मिटर माथिबाट आएको पहिरोले घर सहित ४ जना मानिस र ७० ओटा भन्दा बढी पशुचौपाया बगाएको हो ।

घट्नास्थलमा हाल सिँवा प्रहरी चौकीको टोलि खटेको र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक कमलकुमार लुङगेलीको नेतृत्वमा थप प्रहरी खटाइएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । सोही पालिकामा हिजो मात्रै खोलामा आएको बाढी पहिरोले विभिन्न स्थानका ४ ओटा काठबाट निर्मित मोटरेबलपुल बगाएको थियो ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार ०१:५८

आज मन्त्रिपरिषद विस्तारको तयारी

काठमाण्डौ । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद विस्तारको

नयाँ प्रधानमन्त्रीका लागि कार्यकक्ष तयार गरिँदै

ताप्लेजुङ, भदौ २७ गते । गृह मन्त्रालयको नयाँ बन्दै गरेको

ताप्लेजुङमा कफ्‍‍र्यू लम्बियो

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङमा कफ्‍‍र्यू लम्बिएको छ ।

फुङ्लिङ बजार अब शुक्रबार पनि खुला हुने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार शुक्रबार पनि खुला

ताप्लेजुङमा पुन थपियो निषेधज्ञा: बिहान १० बजेदेखी साँझ ५ बजेसम्म लागु हुने

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन