ताप्लेजुङमा पहिरोले एकै परिवारका ४ जनाको मृत्यु



ताप्लेजुङ – ताप्लेजुङमा गएरातिको अविरलवर्षासँगै आएको पहिरोमा परी ४ जनाको मृत्यु भएको छ ।

फक्ताङलुङ गाउँपालिका २ खेजेनिममा गएराति करिब साढे १ बजे पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको वडाध्यक्ष भुपेन्द्र चौलागाईले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रबिन साम्रा ९बिकास०को बुवा ७० वर्षीय रामबहादुर साम्रा, आमा ५० वर्षीय जसमाया साम्रा, जुम्ल्याहा बहिनी गंगा र जमुना रहेका छन् । ४ जनाको शव घरदेखि करिब ५० मिटर तल फेला पारि सुरक्षित स्थानमा राखिएको वडाध्यक्ष चौँलागाईले बताउनुभयो । घरदेखि करिब २ सय मिटर माथिबाट आएको पहिरोले घर सहित ४ जना मानिस र ७० ओटा भन्दा बढी पशुचौपाया बगाएको हो ।

घट्नास्थलमा हाल सिँवा प्रहरी चौकीको टोलि खटेको र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक कमलकुमार लुङगेलीको नेतृत्वमा थप प्रहरी खटाइएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । सोही पालिकामा हिजो मात्रै खोलामा आएको बाढी पहिरोले विभिन्न स्थानका ४ ओटा काठबाट निर्मित मोटरेबलपुल बगाएको थियो ।

प्रकाशित मिति : 1:58 am

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा