मिक्वाखोलाद्धारा आगामी नीति तथा कार्यक्रम माथि सुझाव संकलन सम्पन्न




ताप्लेजुङ । आगामि आर्थिक वर्ष २०८१÷८२ को लागि नीति तथा कार्यक्रम माथि सुझाव संकलनमा जुटेको मिक्वाखोला गाउँपालिकाले सबै वडामा पुगेर सुझाव संकलन सम्पन्न गरेको छ । गत २७ गतेबाट सुरु गरेको पालिकाले सबै वडामा पुगेर सुझाव संकलन गरेको गाउँपालिका अध्यक्ष भक्त बहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो ।


उहाँका अनुसार वडा न. २ खोक्लिङ देखी २७ गतेबाट सुरु भएको सुझाव संकलन कार्यक्रम सोही दिन वडा नं. १, २८ गते वडा नं. ३ लिवाङ, २९ गते वडा नं. ४ साँबा र ३० गते वडा नं. ५ पापुङमा पुगेर सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष भक्त बहादुर कार्कीले आगामी आवको नीति, कार्यक्रम तथा बजेटलाई प्रभावकारी साथै जनमुखी बनाउने उद्देश्य राखेर स्थलगत रुपमा पुगेर स्थानीय जनताको सुझाव संकलन गरिएको बताउनु भयो ।


संकलन गरिएको स्थानीय जनताको आवश्यक राय सुझावले आगामी नीति, कार्यक्रम तथा बजेट प्रभावकारी हुने विश्वास गाउँपालिकाले लिएको उपाध्यक्ष डण्डु लामाले बताउनुभयो .। नीति, कार्यक्रम र बजेटलाई अन्तिम रुप दिने योजना सहित सुझाव संकलन गरिएको पालिकाले जनाएको छ । कार्यक्रममा स्थानीय समुदाय, शिक्षक, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि , विभिन्न राजनितिक दलका प्रतिनिधि , पूर्व वडा अध्यक्षको सहभागिता रहेको थियो ।


सोहि सुझाव संकलनलाई आधार मानि अब बस्ने गाउँपालिकाको गाउँ सभाले यहि जेष्ठ ३२ गते निति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने छ । प्रस्तुत कार्यक्रमलाई असार ५ गतेको बैठकमा पारित गर्नै सम्भावित कार्यासुचि रहेको पालिकाले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहीबार १५:३३

याक्थुङ कलाकार परिषद् अध्यक्षमा पालुङ्वा चयन

ताप्लेजुङ, भदौ १८ गते । ताप्लेजुङमा किराँत याक्थुङ चुम्लुङअन्तर्गत याक्थुङ

किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङद्वारा पाँच विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ १८ गते । किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले स्थापना

विसं १९९५ मै तिरो तिरेका प्रमाण छन्

ताप्लेजुङ। भारतले अतिक्रमण गरेको व्यास गाउँपालिका–१ का गाउँ नाबी, कुटी

सामाजिक सञ्जाल दर्ता हुन आएनन्‚ बन्द गर्ने सरकारी चेतावनी

ताप्लेजुङ, भदौ १८ गते । सरकारले सामाजिक सञ्जाललाई नेपालको कानुनअनुसार

सुनको भाउमा लगातार कीर्तिमान : तोलाको २ लाख ५ हजार ९ सय पुग्यो

ताप्लेजुङ, भदौ १७ गते । सुनचाँदीको भाउले लगातार कीर्तिमान कायमै