मिक्वाखोलाद्धारा आगामी नीति तथा कार्यक्रम माथि सुझाव संकलन सम्पन्न




ताप्लेजुङ । आगामि आर्थिक वर्ष २०८१÷८२ को लागि नीति तथा कार्यक्रम माथि सुझाव संकलनमा जुटेको मिक्वाखोला गाउँपालिकाले सबै वडामा पुगेर सुझाव संकलन सम्पन्न गरेको छ । गत २७ गतेबाट सुरु गरेको पालिकाले सबै वडामा पुगेर सुझाव संकलन गरेको गाउँपालिका अध्यक्ष भक्त बहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो ।


उहाँका अनुसार वडा न. २ खोक्लिङ देखी २७ गतेबाट सुरु भएको सुझाव संकलन कार्यक्रम सोही दिन वडा नं. १, २८ गते वडा नं. ३ लिवाङ, २९ गते वडा नं. ४ साँबा र ३० गते वडा नं. ५ पापुङमा पुगेर सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष भक्त बहादुर कार्कीले आगामी आवको नीति, कार्यक्रम तथा बजेटलाई प्रभावकारी साथै जनमुखी बनाउने उद्देश्य राखेर स्थलगत रुपमा पुगेर स्थानीय जनताको सुझाव संकलन गरिएको बताउनु भयो ।


संकलन गरिएको स्थानीय जनताको आवश्यक राय सुझावले आगामी नीति, कार्यक्रम तथा बजेट प्रभावकारी हुने विश्वास गाउँपालिकाले लिएको उपाध्यक्ष डण्डु लामाले बताउनुभयो .। नीति, कार्यक्रम र बजेटलाई अन्तिम रुप दिने योजना सहित सुझाव संकलन गरिएको पालिकाले जनाएको छ । कार्यक्रममा स्थानीय समुदाय, शिक्षक, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि , विभिन्न राजनितिक दलका प्रतिनिधि , पूर्व वडा अध्यक्षको सहभागिता रहेको थियो ।


सोहि सुझाव संकलनलाई आधार मानि अब बस्ने गाउँपालिकाको गाउँ सभाले यहि जेष्ठ ३२ गते निति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने छ । प्रस्तुत कार्यक्रमलाई असार ५ गतेको बैठकमा पारित गर्नै सम्भावित कार्यासुचि रहेको पालिकाले जनाएको छ ।

प्रकाशित मिति : 3:33 pm

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर