माओवादी केन्द्र ताप्लेजुङ –काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा धनजित साँबा निर्वाचित



काठमाडौँ । माओवादी केन्द्र ताप्लेजुङ –काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा धनजित साँबा चयन भएका छन् । शनिबार काठमाडौँको चावाहिल स्थित जुम क्याफेको सभाहलमा सम्पन्न ९ औँ अधिवेशनले साँबाको अध्यक्षतामा ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा निरोज लिबाङ, दावा इलावा र बिमला वनेमलाई चयन गरेको छ भने सचिवमा प्रोशेष गौतम सहसचिवमा दिनेश साँबा र कोषाध्यक्षमा सुबास नाल्बो चयन भएका छन् ।

त्यस्तै सदस्यमा क्रमसः राज कुमार शेर्पा ,नैन कला वनेम, अनिल थलङ, महिमा कडरिया, केवल साँवा, अनिल लिम्बू सावादेन, पूजा मादेन , रेनुकला यक्सो,दाछिरी शेर्पा , अर्जुन थलङ, विमला इङ्वारम, कमला लिम्बू , किरण प्रताप नेयोङ , सञ्जोक मादेन लिम्बू, लोकेश साँवा लिम्बू , कविन्द्र शेर्पा, हरपल बराइली , संजोक लिम्बू जमुना, अभिनय लिम्बू , मिलन लिम्बू , पदम लिम्बू , मन माया राई ,सरोज शंखर र लाक्पा हिसे शेर्पाचयन भएका छन् । निर्वाचितहरुलाई जिल्ला सम्पर्क समन्वय समितिका पूर्व सल्लाहकार थाइन्द्र आङबुहाङले सपथग्रहण गराएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सम्पर्क समन्वय समिति सह इन्चार्ज झक्कु प्रसाद सुबेदी बिशिष्ठ अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा ताप्लेजुङ जिल्ला पार्टी इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री पराग अतिथि पार्टीका केन्द्रीय सदस्य तथा सम्पर्क समन्वय समिति १ नम्बर प्रदेश इन्चार्ज करुणा बस्नेत अतिथि सम्पर्क समन्वय समिति १ नम्बर प्रदेश सचिव नन्द वनेम अतिथि ताप्लेजुङ –काठमाडौँ सम्पर्क समन्वय समिति इन्चार्ज डण्डु लामा रहेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्र ताप्लेजुङका नेता तथा जिल्ला सम्पर्क समन्वय समितिका पूर्व पदाधिकारी, सल्लाकारहरुको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 1:22 pm

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण