माओवादी केन्द्र ताप्लेजुङ –काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा धनजित साँबा निर्वाचित



काठमाडौँ । माओवादी केन्द्र ताप्लेजुङ –काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा धनजित साँबा चयन भएका छन् । शनिबार काठमाडौँको चावाहिल स्थित जुम क्याफेको सभाहलमा सम्पन्न ९ औँ अधिवेशनले साँबाको अध्यक्षतामा ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा निरोज लिबाङ, दावा इलावा र बिमला वनेमलाई चयन गरेको छ भने सचिवमा प्रोशेष गौतम सहसचिवमा दिनेश साँबा र कोषाध्यक्षमा सुबास नाल्बो चयन भएका छन् ।

त्यस्तै सदस्यमा क्रमसः राज कुमार शेर्पा ,नैन कला वनेम, अनिल थलङ, महिमा कडरिया, केवल साँवा, अनिल लिम्बू सावादेन, पूजा मादेन , रेनुकला यक्सो,दाछिरी शेर्पा , अर्जुन थलङ, विमला इङ्वारम, कमला लिम्बू , किरण प्रताप नेयोङ , सञ्जोक मादेन लिम्बू, लोकेश साँवा लिम्बू , कविन्द्र शेर्पा, हरपल बराइली , संजोक लिम्बू जमुना, अभिनय लिम्बू , मिलन लिम्बू , पदम लिम्बू , मन माया राई ,सरोज शंखर र लाक्पा हिसे शेर्पाचयन भएका छन् । निर्वाचितहरुलाई जिल्ला सम्पर्क समन्वय समितिका पूर्व सल्लाहकार थाइन्द्र आङबुहाङले सपथग्रहण गराएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सम्पर्क समन्वय समिति सह इन्चार्ज झक्कु प्रसाद सुबेदी बिशिष्ठ अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा ताप्लेजुङ जिल्ला पार्टी इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री पराग अतिथि पार्टीका केन्द्रीय सदस्य तथा सम्पर्क समन्वय समिति १ नम्बर प्रदेश इन्चार्ज करुणा बस्नेत अतिथि सम्पर्क समन्वय समिति १ नम्बर प्रदेश सचिव नन्द वनेम अतिथि ताप्लेजुङ –काठमाडौँ सम्पर्क समन्वय समिति इन्चार्ज डण्डु लामा रहेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्र ताप्लेजुङका नेता तथा जिल्ला सम्पर्क समन्वय समितिका पूर्व पदाधिकारी, सल्लाकारहरुको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार १३:२२

नाटक “मुक्कुमलुङ” विश्वासको शक्ति युट्युबमा सार्वजनिक

काठमाडौं । डा.चित्र माबोको कथासंग्रह “डोलीभर्ना”मा आधारित नाटक मुक्कुमलुङ विश्वासको

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

रेडियो काबेली । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको

एक महिनामा पाथीभरामा चढाइएको २९ लाख बढी भेटी गणना 

ताप्लेजुङ । प्रसिद्ध धार्मिक स्थल पाथीभरामा चढाइएको २९ लाख बढी

रेडियो तमोरकर्मी बिक्रम लामगादेद्धारा जन्मदिनको अवसरमा बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

ताप्लेजुङ । रेडियो तमोरकर्मी बिक्रम लामगादेले आफ्नो जन्मदिनको अवसरमा बिद्यार्थीलाई

माघ १४ गतेदेखि लिवाङमा पाँचौं मुन्धुङ्गे कप २०८१ आयोजना हुने

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३, लिवाङमा यही माघ १४ गतेदेखि