ताप्लेजुङका स्थानीय तहले साढे तीन अर्ब अनुदान पाउने



ताप्लेजुङ । ताप्लेजुङका स्थानीय तहले करिब साढे तीन अर्ब रुपियाँ बजेट पाउने भएका छन्। आगामी आर्थिक वर्ष २०८१/८२ मा अन्तर सरकारी वित्तीय हस्तातरणअन्तर्गत यहाँका स्थानीय तहले तीन अर्ब ४९ करोड ८६ लाख रुपियाँ अनुदान रकम पाउने भएका हुन्।

ताप्लेजुङमा एक नगरपालिका र आठ गाउँपालिका गरी नौवटा स्थानीय तह रहेका छन्। जिल्लाको एकमात्र फुङ्लिङ नगरपालिकाले एक अर्ब ३८ लाख रुपियाँ अनुदान रकम पाउने भएको छ। यस्तै सिरिजङ्घा गाउँपालिकाले ३७ करोड २८ लाख रुपियाँ, आठराई त्रिवेणी गाउँपालिकाले ३४ करोड ७८ लाख रुपियाँ अनुदान पाउने छ।

त्यस्तै सिदिङ्वा गाउँपालिकाले ३३ करोड १८ लाख रुपियाँ, पाथीभरा याङ्वरक गाउँपालिका ३१ करोड ३७ लाख, फक्ताङ्लुङ गाउँपालिकाले २९ करोड ८३ लाख रुपियाँ अनुदान पाउने भएका छन्।

यसैगरी मेरिङ्देन गाउँपालिकाले २९ करोड १४ लाख, मैवाखोला गाउँपालिका २८ करोड ६९ लाख र मिक्वाखोला गाउँपालिकाले २५ करोड २१ लाख रुपियाँ अनुदान रकम पाउने भएका छन्। gorkhapatraonline.com

प्रकाशित मिति : 12:54 pm

मेरिङदेनमा विशेष संरक्षण आवश्यक बालबालिकालाई शैक्षिक प्रोत्साहन भत्ता वितरण

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आमा–बाबु गुमाएका

ताप्लेजुङका जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङका जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री

मिक्वाखोलाको बजेट ४६ करोड ३३ लाख

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले ४६ करोड

पाथीभरा याङवरकको बजेट ५२ करोड ८० लाख

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले ५२

फक्ताङलुङको बजेट ५८ करोड ५५ लाख बढी, खेलाडी र पर्वतारोही सम्मानित

ताप्लेजुङ, असार १० गते । फक्ताङलुङ गाउँपालिकाले ५८ करोड ५५