युनाइटेड मेवाखोला हाइड्रोपावरबाट प्रभावित क्षेत्रमा स्थलगत अनुगमन



ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन र मिक्वाखोला गाउँपालिकाको सीमाना भएर बग्ने मेवाखोलामा निर्माणका क्रममा रहेको ५० मेगावाट क्षमताको युनाइटेड मेवाखोला हाइड्रोपावरबाट प्रभावित क्षेत्रका बासिन्दाको क्षति यकिन गरी क्षतिपूर्ति प्रदान गर्न बिहीबार स्थलगत अनुगमन भएको छ । 

मेरिङदेन गाउँपालिका उपप्रमुख दुर्गाप्रसाद चोङ्वाङको संयोजकत्वमा गठित क्षतिपुर्ति निर्धारण समितिले निर्माण क्षेत्रमा गएर प्रभावित बासिन्दाको जग्गा जमिनमा भएको क्षतिको यकिन गर्नुका साथै विवरण संकलन गरेको छ । निर्माण पक्षले तयार गरेको मापदण्ड भित्र क्षति पुगेका धेरै स्थानीयले यसअघि नै क्षतिपुर्ति पाए पनि कतिपयले आफ्नो जग्गा जमिनमा क्षति पुगेको भन्दै क्षतिपुर्ति माग गर्न थालेपछि उक्त समिति बनाइएको थियो । 

प्रभावित क्षेत्रका वडाअध्यक्ष, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सरोकार समितिका प्रतिनिधि, स्थानीय सुरक्षा प्रमुख सम्मिलित उक्त समितिले पावरहाउस जाने सडक सहित अन्य संरचना निर्माणबाट क्षति भएको जग्गाको नापजाँच सहित क्षतिको अनुमान गर्नुका साथै स्थानीय सँग छलफल गरेको छ । 

स्थानीयको क्षति यकिन गरि पीडितलाई सम्बोधन गर्ने जस्ता विषयमा जनप्रतिनिधि र स्थानीय सँग छलफल समेत भएको समितिका संयोजक दुर्गाप्रसाद चोङ्वाङले बताउनुभयो । अनुगमनका क्रममा मेरिङदेन गाउँपालिका प्रमुख डम्बर हाङ्गाम, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, नापी कार्यालयका प्रतिनिधि, प्रभावित क्षेत्रका वडाअध्यक्ष लगायत सहभागी भएका थिए ।

मुख्य प्रभावित क्षेत्रका बासिन्दालाई क्षतिको मूल्यांकन गरि क्षतिपुर्ति उपलब्ध गराइए पनि हाल पहिल्यै वडाले खनेर हाइड्रोपावर निर्माण स्थलसँग जोडिएका सडकमा जग्गा पर्नेले समेत क्षतिपुर्ति माग्न थालेको हाइड्रोपावरका साइड इन्चार्ज आशिष केदेमले बताउनुभयो । उहाँका अनुसार सरोकारवाला सहितको टोलीले मूल्यांकन गरेको क्षतिका आधारमा निर्माण पक्षले क्षतिपूर्ति उपलब गराउने छ । 

यस्तै सामाजिक उत्तरदायित्व अन्तर्गत समेत हरेक वडामा बजेट छुट्याएर स्थानीय सरकारको निगरानीमा विकासका गतिविधि भइरहेको उहाँले बताउनु भयो । आयोजनाको मुख्य प्रभावित क्षेत्र खाम्लुङमा मात्र १ करोड ७५ लाख रुपैयाँ बजेट बराबरको विकास निर्माण लगायतका गतिविधि भएको बताईएको छ । आगामी दुई वर्ष भित्रै सम्पन्न गर्ने गरि हाइड्रोपावरका संरचनाहरू निर्माण भइरहेको छ ।

प्रकाशित मिति : 5:38 am

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका