युनाइटेड मेवाखोला हाइड्रोपावरबाट प्रभावित क्षेत्रमा स्थलगत अनुगमन



ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन र मिक्वाखोला गाउँपालिकाको सीमाना भएर बग्ने मेवाखोलामा निर्माणका क्रममा रहेको ५० मेगावाट क्षमताको युनाइटेड मेवाखोला हाइड्रोपावरबाट प्रभावित क्षेत्रका बासिन्दाको क्षति यकिन गरी क्षतिपूर्ति प्रदान गर्न बिहीबार स्थलगत अनुगमन भएको छ । 

मेरिङदेन गाउँपालिका उपप्रमुख दुर्गाप्रसाद चोङ्वाङको संयोजकत्वमा गठित क्षतिपुर्ति निर्धारण समितिले निर्माण क्षेत्रमा गएर प्रभावित बासिन्दाको जग्गा जमिनमा भएको क्षतिको यकिन गर्नुका साथै विवरण संकलन गरेको छ । निर्माण पक्षले तयार गरेको मापदण्ड भित्र क्षति पुगेका धेरै स्थानीयले यसअघि नै क्षतिपुर्ति पाए पनि कतिपयले आफ्नो जग्गा जमिनमा क्षति पुगेको भन्दै क्षतिपुर्ति माग गर्न थालेपछि उक्त समिति बनाइएको थियो । 

प्रभावित क्षेत्रका वडाअध्यक्ष, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सरोकार समितिका प्रतिनिधि, स्थानीय सुरक्षा प्रमुख सम्मिलित उक्त समितिले पावरहाउस जाने सडक सहित अन्य संरचना निर्माणबाट क्षति भएको जग्गाको नापजाँच सहित क्षतिको अनुमान गर्नुका साथै स्थानीय सँग छलफल गरेको छ । 

स्थानीयको क्षति यकिन गरि पीडितलाई सम्बोधन गर्ने जस्ता विषयमा जनप्रतिनिधि र स्थानीय सँग छलफल समेत भएको समितिका संयोजक दुर्गाप्रसाद चोङ्वाङले बताउनुभयो । अनुगमनका क्रममा मेरिङदेन गाउँपालिका प्रमुख डम्बर हाङ्गाम, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, नापी कार्यालयका प्रतिनिधि, प्रभावित क्षेत्रका वडाअध्यक्ष लगायत सहभागी भएका थिए ।

मुख्य प्रभावित क्षेत्रका बासिन्दालाई क्षतिको मूल्यांकन गरि क्षतिपुर्ति उपलब्ध गराइए पनि हाल पहिल्यै वडाले खनेर हाइड्रोपावर निर्माण स्थलसँग जोडिएका सडकमा जग्गा पर्नेले समेत क्षतिपुर्ति माग्न थालेको हाइड्रोपावरका साइड इन्चार्ज आशिष केदेमले बताउनुभयो । उहाँका अनुसार सरोकारवाला सहितको टोलीले मूल्यांकन गरेको क्षतिका आधारमा निर्माण पक्षले क्षतिपूर्ति उपलब गराउने छ । 

यस्तै सामाजिक उत्तरदायित्व अन्तर्गत समेत हरेक वडामा बजेट छुट्याएर स्थानीय सरकारको निगरानीमा विकासका गतिविधि भइरहेको उहाँले बताउनु भयो । आयोजनाको मुख्य प्रभावित क्षेत्र खाम्लुङमा मात्र १ करोड ७५ लाख रुपैयाँ बजेट बराबरको विकास निर्माण लगायतका गतिविधि भएको बताईएको छ । आगामी दुई वर्ष भित्रै सम्पन्न गर्ने गरि हाइड्रोपावरका संरचनाहरू निर्माण भइरहेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार ०५:३८

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका

ताप्लेजुङमा बजार अनुगमन तिव्रता

ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । मापदण्ड

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले

धान दिवसमा रोपाइ

ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको