किरात धर्म तथा साहित्य उत्थान संघ तेह्रथुमको भवनको ७० प्रतिशत काम सम्पन्न 



 तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका वाड नं. १ मा रहेको येग्गेडाँडामा किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला शाखा तेह्रथुमको भवन ७० प्रतिशतले काम सम्पन्न भएको छ ।  सघन शहरी तथा भवन निर्माण आयोजना अन्र्तरगत २०८०/०८१ सालको योजनामा ५० लाखको १७ प्रतिशतको बिलोमा काठमाडौं रहेको के एस वाई निर्माण एन्ड सप्लायर्स कम्पनीले ठेक्का पारेको थियो । 

ठेक्का पाए लगत्तै २०८० साल चैत्र १४ गतेबाट काम सुरु गरेको योजनालाई २०८१ सालको असार १५ गते सम्मानमा काम सम्पन्न गर्ने गरी कामलाई तीब्र रुपले अगाडि बढिरहेको के एस वाई निर्माण एन्ड सप्लायर्स कम्पनीका प्रोजेक्ट म्यानेजर सुबास बाबु मगरले बताउनुभयो । हाल सम्ममा उक्त भवनको काम ७० प्रतिशतले सम्पन्न  भएको छ । बाकी ३० प्रतिशत भवनको काममा मेसिनरी वाल, प्लास्टर र रङ रोकनको काम मात्र रहेको छ । 

सो कामलाई २०८१ साल असार १५ भित्रमा सम्पन्न हुने गरी काम धमाधम सञ्चालन भइरहेको कम्पनीका प्रोजेक्ट मेनेजर सुबास बाबु मगरले बताउनुभयो । १९८५ सालमा राष्ट्रिय बिभूत महागुरु फाल्गुनन्द लिङदेनले सात दिन सात राती सोमादी गर्नुभएको पवित्र ठाउँमा उक्त भवन बन्न लागेको किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला शाखा तेह्रथुमको साहित्यिक समितिको अध्यक्ष साम थाम्देन थाङबेनले बताउनुभयो । 

भवन नहुदाँ उत्थान संघले बैठक बस्न र बिभिन्न कार्यक्रमहरू सञ्चालन गर्न समस्या भएको किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला शाखा तेह्रथुमका कोषाध्यक्ष रेवत सावादेनले बताउनुभयो । भवन निर्माणका लागी शहरी विकास मन्त्रालयबाट ५० लाख रकम  बिनियोजित भएपछि भवनको काम धमाधम भइरहेको किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला शाखा तेह्रथुमका अध्यक्ष राजकुमार तेयुङले बताउनुभयो । भवन सम्पन्न भए पछि किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला शाखा तेह्रथुमले बिभिन्न कार्यक्रम तथा बैठक सञ्चालनमा सहजता हुने समितिले जनाएको छ ।

सघन शहरी तथा भवन निर्माण आयोजना अन्र्तरगतका २०८०/०८१ मा तेह्रथुम जिल्लामा काठमाण्डौमा रहेको के एस वाई निर्माण एन्ड सप्लायर्स कम्पनीले म्याङलुङ नगरपालिका वाड न. १० मा रहेको म्याङलुङ क्याम्पस देखि केउरेनी हुँदै सिमरा जाने सडक, म्याङलुङ नगरपालिका वाड न. ८ मा रहेको लिखुवा खोला देखि सिकिदेम जाते सडक, म्याङलुङ नगरपालिका वाड न. ४ मा रहेको ढलेबार देखि ४ नम्बर वडा हुँदै डाँडाखर्क जाने सडकको ठेक्का पाएको थियो । त्यस ठेक्काहरु मध्ये ढलेबार देखि ४ नम्बर वडा हुँदै डाँडाखर्क जान सडकको योजना २०८० साल माघ पहिलो हप्तामै सम्पन्न भएको कम्पनीका प्रोजेक्ट म्यानेजर सुबास बाबु मगरले बताउनुभयो । 

यसरी नै म्याङलुङ नगरपालिका वाड न. १० मा रहेको म्याङलुङ क्याम्पस देखि केउरेनी हुँदै सिमरा जाने सडकको ८५ प्रतिशत, म्याङलुङ नगरपालिका वाड नं. १ मा येग्गेडाँडामा रहेको किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला शाखा तेह्रथुमको भवनको ७० प्रतिशत, म्याङलुङ नगरपालिका वाड न. ८ मा रहेको लिखुवा खोला देखि सिकिदेम जाते सडकको ९० प्रतिशत काम कम्पनीले सम्पन्न गरिसकेको सघन शहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर विकास पौडेलले बताउनुभयो । 

सम्पूर्ण योजनाहरू आगामी २०८१ साल असार १५ भित्रमा सम्पन्न गरिने के एस वाई निर्माण एन्ड सप्लायर्स कम्पनी बताउनुभयो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहीबार १२:५१

नयाँ प्रधानमन्त्रीका लागि कार्यकक्ष तयार गरिँदै

ताप्लेजुङ, भदौ २७ गते । गृह मन्त्रालयको नयाँ बन्दै गरेको

ताप्लेजुङमा कफ्‍‍र्यू लम्बियो

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङमा कफ्‍‍र्यू लम्बिएको छ ।

फुङ्लिङ बजार अब शुक्रबार पनि खुला हुने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार शुक्रबार पनि खुला

ताप्लेजुङमा पुन थपियो निषेधज्ञा: बिहान १० बजेदेखी साँझ ५ बजेसम्म लागु हुने

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन

प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

ताप्लेजुङ, भदौ २७ गते । नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक