ताप्लेजुङमा प्रतिबन्धित लागू औषध ट्रामाडोल सहित ४ जना पक्राउ



साहारा लङ्वा लिम्बू 

ताप्लेजुङ । ताप्लेजुङमा प्रतिबन्धित लागू औषध ट्रामाडोल सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका ६ का २१ वर्षीय शुभम पोख्रेल, २५ वर्षीय रोशन पोखरेल, २२ वर्षीय लाक्पा छेरिङ शेर्पा र फुङ्लिङ नगरपालिका १ का २४ वर्षीय हरिप्रसाद बराल रहेका छन्।

लागू औसत बिक्री गरेको भन्ने सूचनाको आधारमा खानतलासीको लागि शुभम र रोशनको घरमा पुग्दा उनीहरू सहित अन्य २ जना शेर्पा र बराल पनि पक्राउ परेका हुन् । उनीहरूलाई प्रहरीले मंगलबार दिउँसो करिब साढे २ बजे नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार उनीहरूको साथबाट लागू औसत ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आइपी ७० पिस र स्पासपेन ६० ट्याब्लेट समेत बरामद गरिएको छ । उनीहरूले लागू औषध भान्सा घरभित्र लुकाई छिपाई राखेको अवस्थामा बरामद गरिएको हो प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई ताप्लेजुङ जिल्ला अदालत ताप्लेजुङबाट सात दिनको म्याद लिई हिरासतमा राखेर थप अनुसन्धान जारी राखिएको प्रहरी निरीक्षक लुङ्गेलीले जानकारी दिनुभयो । 

केही दिन अगाडी मात्रै लागू औषध सहित दुईजना युवकहरू पनि पक्राउ परेका थिए । उनीहरूको पनि अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ । जिल्लामा पछिल्लो समयमा लागूऔषध प्रयोगकर्ताहरूको संख्या बढ्दै गइरहेको स्थानीयले बताउने गरेका छन् । समयमै यस्ता घटनाको न्यूनिकरण गर्न प्रहरी तथा समुदाय पछि परेमा प्रयोगकर्ताको संख्या ह्वात्तै बढ्ने जिल्लावासीको अनुमान छ । 

प्रकाशित मिति : 1:35 pm

ताप्लेजुङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

ताप्लेजुङ, जेठ ७ गते । ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित तथा

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित