ताप्लेजुङमा प्रतिबन्धित लागू औषध ट्रामाडोल सहित ४ जना पक्राउ



साहारा लङ्वा लिम्बू 

ताप्लेजुङ । ताप्लेजुङमा प्रतिबन्धित लागू औषध ट्रामाडोल सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका ६ का २१ वर्षीय शुभम पोख्रेल, २५ वर्षीय रोशन पोखरेल, २२ वर्षीय लाक्पा छेरिङ शेर्पा र फुङ्लिङ नगरपालिका १ का २४ वर्षीय हरिप्रसाद बराल रहेका छन्।

लागू औसत बिक्री गरेको भन्ने सूचनाको आधारमा खानतलासीको लागि शुभम र रोशनको घरमा पुग्दा उनीहरू सहित अन्य २ जना शेर्पा र बराल पनि पक्राउ परेका हुन् । उनीहरूलाई प्रहरीले मंगलबार दिउँसो करिब साढे २ बजे नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार उनीहरूको साथबाट लागू औसत ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आइपी ७० पिस र स्पासपेन ६० ट्याब्लेट समेत बरामद गरिएको छ । उनीहरूले लागू औषध भान्सा घरभित्र लुकाई छिपाई राखेको अवस्थामा बरामद गरिएको हो प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई ताप्लेजुङ जिल्ला अदालत ताप्लेजुङबाट सात दिनको म्याद लिई हिरासतमा राखेर थप अनुसन्धान जारी राखिएको प्रहरी निरीक्षक लुङ्गेलीले जानकारी दिनुभयो । 

केही दिन अगाडी मात्रै लागू औषध सहित दुईजना युवकहरू पनि पक्राउ परेका थिए । उनीहरूको पनि अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ । जिल्लामा पछिल्लो समयमा लागूऔषध प्रयोगकर्ताहरूको संख्या बढ्दै गइरहेको स्थानीयले बताउने गरेका छन् । समयमै यस्ता घटनाको न्यूनिकरण गर्न प्रहरी तथा समुदाय पछि परेमा प्रयोगकर्ताको संख्या ह्वात्तै बढ्ने जिल्लावासीको अनुमान छ । 

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार १३:३५

पाथिभरा याङवरकले दियो कृषकलाई उपकरण र सुन्तलाको बिरुवा

ताप्लेजुङ । पाथिभरा याङवरक गाउँपालिकाले कृषकहरूलाई कृषि सम्बन्धी उपकरण र

नेकपा एस ताप्लेजुङले अधिवेशनमा दुई सय ५० प्रतिनिधि सहभागी गराउने 

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी ताप्लेजुङले जिल्ला अधिवेशनमा दुई

आठराई त्रिवेणी गाउँपालिकाको तीन वर्षे प्रगति सार्वजनिक

साहारा लिम्बूताप्लेजुङ। आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमु (दिपेन)ले आफ्नो

केबुलकारको विरुद्धमा फेरी आन्दोलनका चरणहरू सार्वजनिक

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा केबुलकार निर्माणको

ताप्लेजुङमा बढ्यो बुढ्यौलीको सङ्ख्या  

ताप्लेजुङ । ताप्लेजुङमा बुढ्यौलीको सङ्ख्या बढेको छ । तथ्याङ्क समन्वय