सदस्यता सम्बन्धी निर्णय नसचिएसम्म निर्वाचन कार्यक्रम अघि नबढाउने पत्रकार महासंघ ताप्लेजुङको निर्णय



ताप्लेजुङ । नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाले केन्द्रीय समितिले पत्रकारिता क्षेत्रमा क्रियाशील नभएकाहरूलाई सदस्यता दिलाउने तथा पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकारको नामावली हटाएको भन्दै यो निर्णय नसचिएसम्म निर्वाचन कार्यक्रम अघि नबढाउने निर्णय गरेको छ । 

सोमवार बसेको शाखाको बैठकले सामाजिक सञ्जालहरूमा सार्वजनिक सदस्यता सम्बन्धी नामावलीको अधिकारिकता माग गर्दै उक्त नामावली आधिकारिक भए त्यो निर्णय पूर्वाग्रही र शुद्धिकरणको मर्म विपरित भएको निष्कर्ष निकालेको शाखा अध्यक्ष आनन्द गौतमले जानकारी दिनुभयो ।

गौतमले केन्द्रीय समितिका नाममा ताप्लेजुङ जिल्लाका हकमा जारी भएको सदस्यता सम्बन्धी भएको उक्त निर्णय नसचिएसम्म जिल्ला शाखाको निर्वाचनका कार्यक्रम अघि बढाउने निर्णय भएको बताउनुभयो । पत्रकार महासङ्घको केन्द्रीय महाधिवेशनले जेठ २६ गते केन्द्र, प्रदेश र जिल्ला शाखाको एकैपटक निर्वाचन कार्यक्रम हुने गरी कार्यतालिका घोषणा गरेको थियो । पछिल्लो व्यवस्था अनुसार पत्रकार महासङ्घमा प्रत्यक्ष निर्वाचन प्रणाली कायम छ ।

 साधारणसभा निर्वाचन अघि नै सम्पन्न गरी नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रममात्र हुने व्यवस्था पत्रकार महासङ्घमा कायम रहेको छ । शुद्धिकरणका नाममा सक्रिय पत्रकारको नाम हटाई पत्रकारिता क्षेत्रमा नभएकाहरूको नामावली समावेश गरिनु औचित्यहीन, पूर्वाग्रही र एकलौटीपूर्ण निर्णय रुपमा शाखाले ठम्याएको गौतमले जानकारी दिनुभयो । 

गौतमका अनुसार शाखाको उक्त निर्णय पत्रकार महासङ्घको केन्द्रीय र प्रदेश समितिमा समेत पठाइएको छ । 

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार ११:२७

नयाँ प्रधानमन्त्रीका लागि कार्यकक्ष तयार गरिँदै

ताप्लेजुङ, भदौ २७ गते । गृह मन्त्रालयको नयाँ बन्दै गरेको

ताप्लेजुङमा कफ्‍‍र्यू लम्बियो

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङमा कफ्‍‍र्यू लम्बिएको छ ।

फुङ्लिङ बजार अब शुक्रबार पनि खुला हुने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार शुक्रबार पनि खुला

ताप्लेजुङमा पुन थपियो निषेधज्ञा: बिहान १० बजेदेखी साँझ ५ बजेसम्म लागु हुने

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन

प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

ताप्लेजुङ, भदौ २७ गते । नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक