सदस्यता सम्बन्धी निर्णय नसचिएसम्म निर्वाचन कार्यक्रम अघि नबढाउने पत्रकार महासंघ ताप्लेजुङको निर्णय



ताप्लेजुङ । नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाले केन्द्रीय समितिले पत्रकारिता क्षेत्रमा क्रियाशील नभएकाहरूलाई सदस्यता दिलाउने तथा पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकारको नामावली हटाएको भन्दै यो निर्णय नसचिएसम्म निर्वाचन कार्यक्रम अघि नबढाउने निर्णय गरेको छ । 

सोमवार बसेको शाखाको बैठकले सामाजिक सञ्जालहरूमा सार्वजनिक सदस्यता सम्बन्धी नामावलीको अधिकारिकता माग गर्दै उक्त नामावली आधिकारिक भए त्यो निर्णय पूर्वाग्रही र शुद्धिकरणको मर्म विपरित भएको निष्कर्ष निकालेको शाखा अध्यक्ष आनन्द गौतमले जानकारी दिनुभयो ।

गौतमले केन्द्रीय समितिका नाममा ताप्लेजुङ जिल्लाका हकमा जारी भएको सदस्यता सम्बन्धी भएको उक्त निर्णय नसचिएसम्म जिल्ला शाखाको निर्वाचनका कार्यक्रम अघि बढाउने निर्णय भएको बताउनुभयो । पत्रकार महासङ्घको केन्द्रीय महाधिवेशनले जेठ २६ गते केन्द्र, प्रदेश र जिल्ला शाखाको एकैपटक निर्वाचन कार्यक्रम हुने गरी कार्यतालिका घोषणा गरेको थियो । पछिल्लो व्यवस्था अनुसार पत्रकार महासङ्घमा प्रत्यक्ष निर्वाचन प्रणाली कायम छ ।

 साधारणसभा निर्वाचन अघि नै सम्पन्न गरी नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रममात्र हुने व्यवस्था पत्रकार महासङ्घमा कायम रहेको छ । शुद्धिकरणका नाममा सक्रिय पत्रकारको नाम हटाई पत्रकारिता क्षेत्रमा नभएकाहरूको नामावली समावेश गरिनु औचित्यहीन, पूर्वाग्रही र एकलौटीपूर्ण निर्णय रुपमा शाखाले ठम्याएको गौतमले जानकारी दिनुभयो । 

गौतमका अनुसार शाखाको उक्त निर्णय पत्रकार महासङ्घको केन्द्रीय र प्रदेश समितिमा समेत पठाइएको छ । 

प्रकाशित मिति : 11:27 am

नेविसंघ ताप्लेजुङको कार्यवाहक अध्यक्षमा अर्जुन खिम्दिङ

सौगात विष्ट ताप्लेजुङ, साउन १४ गते । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम