ताप्लेजुङबाट झापातर्फ प्रस्थान गरेको सवारी दुर्घटनामा एकको ज्यान गयो



पाँचथर – मेचीराजमार्ग अन्तर्गत हिलिहाङ ७ हेवाखोल नजिक शुक्रबार साँझ सवारी दुघर्टना हुँदा एकको मुत्यु भएको छ ।

ताप्लेजुङबाट झापातर्फ जाँदै गरेको त्रिशक्ति कन्ट्रसनको बा १७ च ७९९९ नम्बरको कालो रङ्गको फर्चुनर टोएटा करीब सडकबाट ३० मिटर मुनी खसेर दुघर्टना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । दुई जना सवार ट्याक्सी दुर्घटना हुँदा चालक नेपालगन्जका ३५ वर्षिय श्याम बिकको घटनास्थलमै मृत्यु भएको छ । घाइते रहेका इलाम जिल्लाका ३१ वर्षिय लक्ष्मण मुखियालाइ थप उपचारकाे लागी झापा रेफर गरीएकाे  प्रहरीले जनाएको छ । 

दुर्घटनाको विस्तृत बिवरण आउन बाँकी रहेको जानकारी जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख कुलबहादुर बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति : 3:12 pm

ताप्लेजुङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

ताप्लेजुङ, जेठ ७ गते । ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित तथा

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित