ताप्लेजुङबाट झापातर्फ प्रस्थान गरेको सवारी दुर्घटनामा एकको ज्यान गयो



पाँचथर – मेचीराजमार्ग अन्तर्गत हिलिहाङ ७ हेवाखोल नजिक शुक्रबार साँझ सवारी दुघर्टना हुँदा एकको मुत्यु भएको छ ।

ताप्लेजुङबाट झापातर्फ जाँदै गरेको त्रिशक्ति कन्ट्रसनको बा १७ च ७९९९ नम्बरको कालो रङ्गको फर्चुनर टोएटा करीब सडकबाट ३० मिटर मुनी खसेर दुघर्टना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । दुई जना सवार ट्याक्सी दुर्घटना हुँदा चालक नेपालगन्जका ३५ वर्षिय श्याम बिकको घटनास्थलमै मृत्यु भएको छ । घाइते रहेका इलाम जिल्लाका ३१ वर्षिय लक्ष्मण मुखियालाइ थप उपचारकाे लागी झापा रेफर गरीएकाे  प्रहरीले जनाएको छ । 

दुर्घटनाको विस्तृत बिवरण आउन बाँकी रहेको जानकारी जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख कुलबहादुर बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति : 3:12 pm

पाथीभरा मन्दिरमा २४ लाख बढी भेटी सङ्कलन 

ताप्लेजुङ, पुस ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम