शान्ति आधारभुत विद्यालयका बिद्यार्थीहरुलाई ट्रयाक सुट र झोला वितरण



ताप्लेजुङ । फुङलिङ नगरपालिका २ स्थित शान्ति आधारभुत विद्यालयका विद्यार्थीहरुलाई ट्रयाक सुट तथा झोला वितरण गरिएको छ ।

फुङलिङ नगरपालिका ४ घर भई हाल विर्तामोडमा बस्दै आउनु भएका व्यवसायी रोशन अग्रवाल र फुङलिङ नगरपालिका ६ घर भई हाल युकेमा बस्दै आउनु भएका समाजसेवी जगत गुरुङले उपलब्ध गराउनु भएको ट्रयाक सुट तथा झोला संयुक्त रुपमा विद्यार्थीहरुलाई शुक्रबार प्रदान गरिएको हो ।

व्यवसायी अग्रवाल र समाजेवी गुरुङले करिब १ लाख १५ हजार रुपैयाँ बराबरको विद्यालय समयमा लगाईने ट्रयाक सुट र पुस्तक बोक्ने झोला विद्यालयलाई उपलब्ध गराउनु भएको प्रध्यानाध्यापक खगेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । बाल कक्षादेखि कक्षा ७ सम्म अध्ययनरत विद्यार्थीहरुका लागि सामाग्री उपलब्ध गराउनुभएको बिद्यालयले जनाएको छ ।

व्यवसायी अग्रवालले ८५ हजार रुपैयाँ बराबरको १ सय सेट ट्रयाक सुट र गुरुङले ३० हजार रुपैयाँ बराबरको झोला विद्यालयलाई उपलब्ध गराउनुभएको प्रध्यानाध्यापक कार्कीको भनाई छ ।

समाजसेवीद्वयले उपलब्ध गराएको सामाग्री फुङलिङ नगरपालिका ६ का वडाध्यक्ष मदन गुरुङ तेज, २ नं. वडाका वडाध्यक्ष मोहन न्यौपाने, बालमन्दिर आधारभुत बिद्यालयका प्रध्यानाध्यापक धर्म पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष लेखनाथ भट्टराई, व्यवसायी तथा २ नं. वडाका भुत पुर्व वडाध्यक्ष खड्कबहादुर मोक्तान, शिक्षक लगायतको उपस्थितिमा बितरण गरिएको छ ।

बिद्यालयमा हाल ८० जना बिद्यार्थीहरु अध्ययनरत छन् ।

प्रकाशित मिति : 1:04 pm

अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप चौथो संस्करणको तयारी तीब्र 

ताप्लेजुङ , साउन १६ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड

नियमित तालिका निर्धारण गरे पनि दुई महिनादेखि सुकेटार विमानस्थलमा उडान ठप्प

ताप्लेजुङ, साउन १५ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई

नेविसंघ ताप्लेजुङको कार्यवाहक अध्यक्षमा अर्जुन खिम्दिङ

सौगात विष्ट ताप्लेजुङ, साउन १४ गते । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक