राष्ट्रिय मुक्ति क्रान्तिको पूर्वमा कस्तो–कस्तो कार्यक्रम तय भएको छ ?




विराटनगर । बहुलराष्ट्रिय राज्य स्थापनार्थ पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले सञ्चालन गरेको राष्ट्रिय मुक्ति क्रान्तिले पूर्वमा विविध कार्यक्रम सार्वजनिक गरेको छ । यो एकमहिने राष्ट्रव्यापी कार्यक्रम भित्रको हो । राष्ट्रिय मुक्ति क्रान्तिको यो दोस्रो चरणको कार्यक्रम हो । राष्ट्रिय मुक्ति क्रान्तिको गभर्निङ्ग काउन्सिलको जेठ ७ गेतदेखि २६ गतेसम्म विविध कार्यक्रम सार्वजनिक गरेको छ ।

कुन जिल्लामा कस्तो कार्यक्रम ?
जेठ ७ गते धरानमा प्रशिक्षण कार्यक्र सम्पन्न गरेको छ । सन्जु खापुङ र श्याम शेरिङको संयोजकत्वमा योङ इन्डिजिनिस्ट लिगको सोमका प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । ८ गते पाँचथर जिल्लाको सदमुकाम फिदिम बजारमा त्यसा क्षेत्रको इन्जार्जसँग भेटघाट कार्यक्रम रहेको छ । यस्तै पाँचथरको याङबरकमा ९ गते प्रशिक्षण कार्यक्रम रहको छ।
१० र ११ गते पाँचथरको फिदिममा बैठक , छलफलको कार्यक्रम रहेको छ ।

१२ गते फिदिम बजारमा नै जन प्रदर्शनको कार्यक्रम तय भएको छ । १३ गते मोरङको रंगेलीमा अन्तरक्रियात्मक कार्यक्रम रहको छ । १५ गते सुनसरीको इनरुवामा पनि अन्तरक्रिया कार्यक्रम तय भएको छ । यस्तै १५ गते उदयपुरको गाइघाटमा अन्तरक्रियात्मक कार्यक्रम रहको छ । भने, खोटाङ जिल्लाको दिक्तेलमा प्रारम्भिक बैठक रहेको छ । भोजपुर जिल्लाको साल्पा,सिलिजुङ र ट्याम्केमा जनप्रदर्शन साथै संवाद कार्यक्रमको तय भएको छ ।


धरानमा जेठ १८ र १९ गते अन्तरक्रिया, छलफल लगायतको कार्यक्रम रहेको छ । भने २० देखि २५ सम्म सम्पूर्ण जिल्लाका व्युरोसँग छलफल कार्यक्रम तय भएको छ । भने, २६ गते विराटनगरमा जनप्रदर्शनको कार्यक्रम रहेको छ।

प्रकाशित मिति : 4:45 pm

सुशील थापा चैत महिनाको उत्कृष्ट प्रहरी घोषित

ताप्लेजुङ, बैशाख १० । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी

रेडियो काबेलीका स्टेसन मेनेजर लङ्वालाई टीकाराम गौतम स्मृति पत्रकारिता पुरस्कार प्रदान

सौगात बिष्टताप्लेजुङ, बैशाख ९ गते । रेडियो काबेलीका स्टेसन मेनेजर

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा