राष्ट्रिय मुक्ति क्रान्तिको पूर्वमा कस्तो–कस्तो कार्यक्रम तय भएको छ ?




विराटनगर । बहुलराष्ट्रिय राज्य स्थापनार्थ पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले सञ्चालन गरेको राष्ट्रिय मुक्ति क्रान्तिले पूर्वमा विविध कार्यक्रम सार्वजनिक गरेको छ । यो एकमहिने राष्ट्रव्यापी कार्यक्रम भित्रको हो । राष्ट्रिय मुक्ति क्रान्तिको यो दोस्रो चरणको कार्यक्रम हो । राष्ट्रिय मुक्ति क्रान्तिको गभर्निङ्ग काउन्सिलको जेठ ७ गेतदेखि २६ गतेसम्म विविध कार्यक्रम सार्वजनिक गरेको छ ।

कुन जिल्लामा कस्तो कार्यक्रम ?
जेठ ७ गते धरानमा प्रशिक्षण कार्यक्र सम्पन्न गरेको छ । सन्जु खापुङ र श्याम शेरिङको संयोजकत्वमा योङ इन्डिजिनिस्ट लिगको सोमका प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । ८ गते पाँचथर जिल्लाको सदमुकाम फिदिम बजारमा त्यसा क्षेत्रको इन्जार्जसँग भेटघाट कार्यक्रम रहेको छ । यस्तै पाँचथरको याङबरकमा ९ गते प्रशिक्षण कार्यक्रम रहको छ।
१० र ११ गते पाँचथरको फिदिममा बैठक , छलफलको कार्यक्रम रहेको छ ।

१२ गते फिदिम बजारमा नै जन प्रदर्शनको कार्यक्रम तय भएको छ । १३ गते मोरङको रंगेलीमा अन्तरक्रियात्मक कार्यक्रम रहको छ । १५ गते सुनसरीको इनरुवामा पनि अन्तरक्रिया कार्यक्रम तय भएको छ । यस्तै १५ गते उदयपुरको गाइघाटमा अन्तरक्रियात्मक कार्यक्रम रहको छ । भने, खोटाङ जिल्लाको दिक्तेलमा प्रारम्भिक बैठक रहेको छ । भोजपुर जिल्लाको साल्पा,सिलिजुङ र ट्याम्केमा जनप्रदर्शन साथै संवाद कार्यक्रमको तय भएको छ ।


धरानमा जेठ १८ र १९ गते अन्तरक्रिया, छलफल लगायतको कार्यक्रम रहेको छ । भने २० देखि २५ सम्म सम्पूर्ण जिल्लाका व्युरोसँग छलफल कार्यक्रम तय भएको छ । भने, २६ गते विराटनगरमा जनप्रदर्शनको कार्यक्रम रहेको छ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलवार १६:४५

याक्थुङ कलाकार परिषद् अध्यक्षमा पालुङ्वा चयन

ताप्लेजुङ, भदौ १८ गते । ताप्लेजुङमा किराँत याक्थुङ चुम्लुङअन्तर्गत याक्थुङ

किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङद्वारा पाँच विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ १८ गते । किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले स्थापना

विसं १९९५ मै तिरो तिरेका प्रमाण छन्

ताप्लेजुङ। भारतले अतिक्रमण गरेको व्यास गाउँपालिका–१ का गाउँ नाबी, कुटी

सामाजिक सञ्जाल दर्ता हुन आएनन्‚ बन्द गर्ने सरकारी चेतावनी

ताप्लेजुङ, भदौ १८ गते । सरकारले सामाजिक सञ्जाललाई नेपालको कानुनअनुसार

सुनको भाउमा लगातार कीर्तिमान : तोलाको २ लाख ५ हजार ९ सय पुग्यो

ताप्लेजुङ, भदौ १७ गते । सुनचाँदीको भाउले लगातार कीर्तिमान कायमै