सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको १ लाख ४१ हजार नजिक



सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ । आज सुनको भाउ तोलाको एक लाख ४० हजार नौ सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च भाउ हो ।

गएको बिहीवार तोलाको एक लाख ४० हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको सुनको भाउ शुक्रवार तोलामा सात सय रुपैयाँले घटेर एक लाख ३९ हजार तीन सय रुपैयाँमा झरेको थियो । शुक्रवारको भाउमा आज तोलामा एक हजार छ सय रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । शुक्रवार तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा एक सय १० रुपैयाँले बढेर एक हजार नौ सय १० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आईतवार ०८:३०

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका

ताप्लेजुङमा बजार अनुगमन तिव्रता

ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । मापदण्ड

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले

धान दिवसमा रोपाइ

ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको