यातायात बन्दले जनजीवन प्रभावित



ताप्लेजुङ। मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङमा गरिएको यातायात बन्दले जनजीवन प्रभावित बनेको छ। बन्दका कारण झापाको चारआलीदेखि इलाम, पाँचथर हुँदै ताप्लेजुङ जोड्ने मेची राजमार्ग, तमोर कोरिडोरको मूलघाट–पाँचथर खण्ड र ताप्लेजुङ लगायत आसपासका जिल्लाको समेत जनजीवन प्रभावित बनेको हो।

ताप्लेजुङ जिल्लामा रहेको पवित्र धार्मिक स्थल मुक्कुमलुङ (पाथीभरा)मा जबरर्जस्त केवलकार निर्माणका लागि वन फडानी गरिएको विरोधमा मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति लगायत मुक्कुमलुङ संरक्षण अभियानमा सक्रिय विभिन्न संघ–संस्थाले जेठ २ र ३ गते मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङमा यातायात बन्दको आह्वान गरेका हुन्।

बुधबार बिहानैदेखि यातायात सञ्चालन हुन सकेका छैनन्। सवारी साधन सञ्चालन नहुँदा सर्वसाधरणले भने सास्ती खेप्नु परेको छ। मुक्कुमलुङ (पाथीभरा)लाई याक्थुङ (लिम्बू) जातिले पवित्र आस्थाको केन्द्र, शक्तिपुञ्ज एवंम् आध्यात्मिक स्थल मान्दछन्। सो क्षेत्रमा केवलकार निर्माणको बिरोध हुँदै आएको छ। केवलकार निर्माणकै लागि हालै त्यहाँका गुराँस लगायतका रुख काटिएपछि त्यसको बिरोधमा बन्द आह्वान गरिएको हो।

मुक्कुमलुङ (पाथीभारा)को मुन्धुमी महत्वलाई ध्वस्त पार्ने नियतले अगाडि बढाइएको केवलकार निर्माणको खारेजी र राष्ट्रिय फूल लालीगुराँस लगायत सयौं वनस्पती ढाल्ने पक्षले सार्वजनिक रुपमा माफि नमागे आन्दोलनलाई थप सशक्त बनाइने केवलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बुले बताए।

प्रकाशित मिति : 10:15 am

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक

फुङ्लिङ नगरपालिकाद्धारा चार उत्कृष्ट बुहारी सम्मानित

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले हरितालिका तीजको

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ