केबलकारविरुद्ध सङ्घर्षरत पक्षद्वारा यातायात बन्दको आह्वान



ताप्लेजुङ । ताप्लेजुङमा निर्माण गरिने पाथीभरा केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत रहेको समूहले बुधबार र बिहीबार दुई दिने यातायात बन्दको आह्वान गरेको छ । आफ्नो माग विपरीत क्रियाकलाप सुरु गरिएकोभन्दै सङ्घर्षरत समूहले मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङ जिल्लामा यातायात बन्द आह्वान गरेको हो ।

स्थानीय जनताको माग र भावना विपरीत केबलकार निर्माण गर्न लागिएको भन्दै सुरुदेखि नै परियोजनाविरुद्ध सङ्घर्ष हुँदै आएको छ । सोमबारदेखि भने परियोजनास्थलमा रुख कटान सुरु भएपछि सङ्घर्षरत समूह थप आन्दोलित बनेको र सो समूहले दुईदिने यातायात बन्दको आह्वान गरेको हो ।

केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिसहित छ समूहले मङ्गलबार संयुक्त विज्ञप्ति प्रकाशित गर्दै यातायात बन्दको आह्वान गरेका छन् । बन्द आह्वान गर्ने अन्य समूहमा पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति, किराँच याक्थुङ चुम्लुङ सङ्घीय समिति, लिम्बू थरगत संस्था (याक्थुङ सयङ), पहिचानसहितको प्रदेश नं. १ पुनः नामाङ्कन समिति तथा किराँत धर्म तथा साहित्य उत्थान सङ्घ र मुक्कुमलुङ तान्सेःप चुम्भो रहेका छन् ।

पवित्र आस्थाको केन्द्र तथा आध्यात्मिक पाथीभरा (मुक्कुमलुङ) युमामाङ देवस्थलमा केबलबार निर्माण गर्न लागिएकोभन्दै उक्त समूहरुले चर्को विरोध गर्दै आएका छन् । ऐतिहासिक पवित्र धार्मिकस्थलको संरक्षण गर्न आन्दोलन गर्दै आएको पक्षको मागविपरीत बहुमूल्य जडीबुटी, राष्ट्रिय फूल लालीगुराससहितका उपोन्मुख वनस्पतिहरु डकैत शैलीमा आधारातदेखि कटान गरिएको सङ्घर्षरत समूहले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

ऐहासिक स्थलको वन उजाड बनाउनेगरी रुख कटान गर्ने व्यक्तिहरुले सार्वजनिक रुपमा माफी माग्नुपर्ने र केबलकार योजना रद्द गर्न माग राखेर यातायात बन्द आह्वान गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यता सोमबार बिहानदेखि रुख कटान गर्न सुरु भएपछि सङ्घर्षरत समूहका सयौं कार्यकर्ता अहिले पाथीभरा क्षेत्रमा परिचालित भएका छन् ।

पाथीभरामा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहनुभएका चन्द्र ढकाल नेतृत्वको पाथीभरा ९मुक्कुमलुङ० दर्शन केबलकार प्रालिले केबलकार निर्माण गर्न लागेको हो । पाथीभरामा केबलकार परियोजना सञ्चालन हुने भएपछि परियोजनाको पक्ष र विपक्षमा स्थानीय विभाजित हुँदै आएका छन् ।gorkhapatraonline.com

प्रकाशित मिति : 1:03 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा