ताप्लेजुङ पर्यटन महोत्सव : नगर सरसफाइमा भेला हुन आह्वान



ताप्लेजुङ । आगामी जेठ ३ देखि ७ गते सम्म सञ्चालन हुने ताप्लेजुङ पर्यटन महोत्सवका लागि नगर क्षेत्र सरसफाइमा उपस्थितको लागि आह्वान गरिएको छ । बैशाख ३१ गते भोलि बिहान आम नगरवासिहरुमा सरसफाइमा उपस्थित भइदिन  आयोजक समितिले अनुरोध गरेको हो । 

भोलि बिहान ७ बजे तोक्मे डाडाँमा भेला भएर नगर क्षेत्र सरसफाइ गरिने महोत्सव मूल आयोजक समिति सदस्य सचिव देवराज गुरुङले जानकारी दिनुभएको छ  । जेठ २ गते भित्र महोत्सवका सबै तयारी पुरा गरिने आयोजक समितिले जनाएको छ । 

‘स्थानीय अर्गानिक मेला महोत्सवमा प्रोत्साहन ताप्लेजुङको पर्यटकीय स्थलहरूको प्रचार प्रसार तथा अवलोकन’ भन्ने मूल नाराका साथ करिब ५ दिन सम्म सञ्चालन हुने महोत्सवमा विभिन्न प्रतियोगिता सँगै साहित्यिक र सांस्कृतिक कार्यक्रम पनि हुने छ । 

साथै पाथिभरा धामदेखि सदरमुकाम सम्म साइकिलिङ समेत हुने आयोजक समितिले जनाएको छ । महोत्सवमा विभिन्न खाद्य परिकारको स्टल प्रदर्शनी हुने छ भने, सांस्कृतिक कार्यक्रम तर्फ राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ ।

प्रकाशित मिति : 1:47 pm

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर