कञ्चनजंघा आरोहणका लागि चौँथो क्याम्पसम्म पुगेको टोली बेसक्याम्पमै फर्किए



ताप्लेजुङ । ८ हजार ५ सय ८६ मिटर उचाइको विश्वको तेश्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणका लागि चौँथो क्याम्पसम्म पुगेको टोली बेसक्याम्पमै फर्किएको छ । खराब मौषम र हिमपहिरोका कारण अगाडि बढ्न नसकेपछि फर्किएको टोली अनुकुल मौषमको पर्खाइमा छ ।

यो वर्ष कञ्चनजंघा आरोहणका लागि ३५ जना विदेशी र त्यत्तिकै संख्यामा नेपाली नागरिकहरु छन् । एट–के एक्सपीडिसन प्रालिका अध्यक्ष पेम्वा शेर्पाका अनुसार आरोहणका लागि गएको सबैजसो टोली ७ हजार ८ सय मिटर उचाइमा पुगेका थिए ।

यो पटक एट के, सेभेन समिट, इमेजीन नेपाल लगायतका कम्पनीबाट आरोहीहरु कञ्चनजंघा हिमाल गएका छन् । सबै टोली सँगै गएको र मौषम अनुकुलता अनुसार फेरि प्रयास गर्ने शेभेन समिटका म्यानेजर थानेश्वर गुरागाईंले जानकारी दिए ।

काठमाडौंबाट फेरि अक्सिजन पु¥याउनु पर्ने भएकाले अक्सिजन ओसार्ने काम भइरहेको कम्पनीले जनायो । काठमाडौंबाट फक्ताङलुङ गाउँपालिकाको केन्द्रसम्म ल्याउने र त्यहाँबाट चेइराम बेसक्याम्पमा सामान ओसार्ने गरिएको छ । कञ्चनजंघा आरोहणको टोली चैत ३० गते काठमाडौंबाट हिडेको थियो ।

काठमाडौंबाट हवाईजहाजमा झापाको भद्रपुर हुँदै कञ्चनजंघा जाने टोली तापेथोकसम्म गाडीमा र त्यहाँबाट ट्रेकिङ गरेर जाने गरेको छ । यसरी जाँदा बेसक्याम्प पुग्न १४ दिनसम्म लाग्छ । कञ्चनजंघा हिमालको चौँथो क्याम्प लामो र अप्ठेरो मानिने अघिल्ला आरोहीहरु बताउँछन् ।

जेष्ठ ३ देखि ७ गतेसम्म सदरमुकाम फुङलिङमा ताप्लेजुङ पर्यटन महोत्सव समेत भएकाले हिमाल आरोहण गर्ने टोलीलाई यही मौकामा सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । ekantipur.com

प्रकाशित मिति : ३० बैशाख २०८१, आईतवार १३:१०

याक्थुङ कलाकार परिषद् अध्यक्षमा पालुङ्वा चयन

ताप्लेजुङ, भदौ १८ गते । ताप्लेजुङमा किराँत याक्थुङ चुम्लुङअन्तर्गत याक्थुङ

किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङद्वारा पाँच विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ १८ गते । किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले स्थापना

विसं १९९५ मै तिरो तिरेका प्रमाण छन्

ताप्लेजुङ। भारतले अतिक्रमण गरेको व्यास गाउँपालिका–१ का गाउँ नाबी, कुटी

सामाजिक सञ्जाल दर्ता हुन आएनन्‚ बन्द गर्ने सरकारी चेतावनी

ताप्लेजुङ, भदौ १८ गते । सरकारले सामाजिक सञ्जाललाई नेपालको कानुनअनुसार

सुनको भाउमा लगातार कीर्तिमान : तोलाको २ लाख ५ हजार ९ सय पुग्यो

ताप्लेजुङ, भदौ १७ गते । सुनचाँदीको भाउले लगातार कीर्तिमान कायमै