कञ्चनजंघा आरोहणका लागि चौँथो क्याम्पसम्म पुगेको टोली बेसक्याम्पमै फर्किए



ताप्लेजुङ । ८ हजार ५ सय ८६ मिटर उचाइको विश्वको तेश्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणका लागि चौँथो क्याम्पसम्म पुगेको टोली बेसक्याम्पमै फर्किएको छ । खराब मौषम र हिमपहिरोका कारण अगाडि बढ्न नसकेपछि फर्किएको टोली अनुकुल मौषमको पर्खाइमा छ ।

यो वर्ष कञ्चनजंघा आरोहणका लागि ३५ जना विदेशी र त्यत्तिकै संख्यामा नेपाली नागरिकहरु छन् । एट–के एक्सपीडिसन प्रालिका अध्यक्ष पेम्वा शेर्पाका अनुसार आरोहणका लागि गएको सबैजसो टोली ७ हजार ८ सय मिटर उचाइमा पुगेका थिए ।

यो पटक एट के, सेभेन समिट, इमेजीन नेपाल लगायतका कम्पनीबाट आरोहीहरु कञ्चनजंघा हिमाल गएका छन् । सबै टोली सँगै गएको र मौषम अनुकुलता अनुसार फेरि प्रयास गर्ने शेभेन समिटका म्यानेजर थानेश्वर गुरागाईंले जानकारी दिए ।

काठमाडौंबाट फेरि अक्सिजन पु¥याउनु पर्ने भएकाले अक्सिजन ओसार्ने काम भइरहेको कम्पनीले जनायो । काठमाडौंबाट फक्ताङलुङ गाउँपालिकाको केन्द्रसम्म ल्याउने र त्यहाँबाट चेइराम बेसक्याम्पमा सामान ओसार्ने गरिएको छ । कञ्चनजंघा आरोहणको टोली चैत ३० गते काठमाडौंबाट हिडेको थियो ।

काठमाडौंबाट हवाईजहाजमा झापाको भद्रपुर हुँदै कञ्चनजंघा जाने टोली तापेथोकसम्म गाडीमा र त्यहाँबाट ट्रेकिङ गरेर जाने गरेको छ । यसरी जाँदा बेसक्याम्प पुग्न १४ दिनसम्म लाग्छ । कञ्चनजंघा हिमालको चौँथो क्याम्प लामो र अप्ठेरो मानिने अघिल्ला आरोहीहरु बताउँछन् ।

जेष्ठ ३ देखि ७ गतेसम्म सदरमुकाम फुङलिङमा ताप्लेजुङ पर्यटन महोत्सव समेत भएकाले हिमाल आरोहण गर्ने टोलीलाई यही मौकामा सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । ekantipur.com

प्रकाशित मिति : 1:10 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन