शिक्षक संघद्वारा ताप्लेजुङ अस्पतालका बिरामीलाई नगद सहयोग



ताप्लेजुङ । नेपाल शिक्षक संघले स्थापना दिवसको अवसरमा ताप्लेजुङ जिल्ला अस्पतालका बिरामीहरूलाई नगद सहयोग गरेको छ । विभिन्न संघसंस्था लगायतले अस्पतालका बिरामीलाई फलफूल वितरण लगायतका गतिविधि गरिरहेको बेला उक्त संघले भने  नगद सहयोग गरेको हो । 

अस्पतालमा उपचार गराइरहेकामध्ये कतिपयले फलफूल खान नमिल्ने, चिसोले असर गर्ने भएकाले सबैलाई फलफूलको सट्टा नगद सहयोग गरिएको शिक्षक संघ प्रदेश सदस्य धनबहादुर थापाले बताउनुभयो । आइतबार बिहान जिल्ला अस्पताल पुगेका शिक्षक संघका पदाधिकारी, सदस्य, नेपाली कांग्रेसका नेताले बिरामीलाई जनही १५ सय रुपैयाँका दरले नगद वितरण गरेका छन् । 

नगद वितरणमा शिक्षक संघका अध्यक्ष राम लावुङ, कांग्रेस सभापति गजेन्द्र प्रसाद तुम्याहाङ, पूर्वसभापति केशव प्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : ३० बैशाख २०८१, आईतवार १३:०३

फुङ्लिङ ८ का उत्कृष्ट ७ शिक्षक सम्मानित 

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. ८ ले विद्यालयका उत्कृष्ट

नापी कार्यालय ताप्लेजुङको सेवा दुई दिन बन्द हुने

ताप्लेजुङ । ताप्लेजुङको नापी कार्यालय दुई दिन बन्द हुने भएको

फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन हुन नसकेको निष्कर्ष 

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका