कोशीमा एमालेका हिक्मत कार्कीले मुख्यमन्त्रीको दाबी पेस गर्दै




विराटनगर । कोशी प्रदेशमा नेकपा एमालेका हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीको दाबी पेस गर्दै हुनुहुन्छ । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेपछि एमाले र माओवादीले कार्कीलाई अघि सार्न लागेका हुन् ।

कोशीमा एमाले र माओवादीको गठबन्धनलाई सहजै बहुमत पुग्ने अवस्था छ । एमालेसँग उपसभामुखसहित ४० र माओवादीका १३ सांसद छन् । ९२ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ । कोशीका प्रदेश प्रमुख खापुङले बुधबार मुख्यमन्त्री केदार कार्कीलाई पदमुक्त गर्दै नयाँ सरकार गठनको लागि आह्वान गर्नुभएको हो ।

अल्पमतमा परेको ३० दिनसम्म पनि मार्गप्रशस्त नगरेको भन्दै कार्कीलाई पदमुक्त गरिएको हो । प्रदेश प्रमुखको निर्णयपछि कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस नेता केदार कार्की गएको असोज २९ मा संविधानको धारा १६८ को उपधारा ५ अनुसार नै मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

गएको चैत २६ मा सरकारबाट एमाले –माओवादी बाहिरिएपछि मुख्यमन्त्री कार्की अल्पमतमा हुनुहुन्थ्यो । उहाँले विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने अडानका कारण एमाले–माओवादीले पेस गरेको सङ्कल्प प्रस्ताव वैशाख ७ को संसद् वैठकले पारित गरेको थियो ।

मुख्यमन्त्री कार्की पदमुक्त हुने वा नहुने विषयमा सत्तारुढ र प्रतिपक्षबीच विवाद रहेका बेला प्रदेश प्रमुख खापुङले साझेदार दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत नलिएकाले सरकार रिक्तताको अवस्था देखाउँदै नयाँ सरकार गठनको आह्वान गर्नुभएको हो ।

प्रकाशित मिति : 5:15 am

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण