सबैखाले विपद्‌बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने



काठमाडौं । अबदेखि सबैखाले विपद्‌बाट क्षति भएका घरको पुनःनिर्माणका लागि सरकारले अनुदान दिने भएको छ । यसअघि भूकम्प, आगलागी र मनसुनजन्य विपद्बाट क्षति भएकाको हकमा मात्रै अनुदान दिने व्यवस्था थियो ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सबै प्रकारका विपद्बाट हुने आवासको क्षतिमा सरकारले पुनःनिर्माणका लागि अनुदान दिने कार्यविधि पारित गरेको जानकारी दिनुभएको छ । ललितपुरमा बुधबार भएको कार्यक्रममा उहाँले जिल्लाको वर्गीकरणअनुसार सरकारले अनुदान रकम दिने जानकारी दिनुभयो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको वैशाख ३ को बैठकले पारित गरेको कार्यविधि अनुसार जिल्लाको वर्गीकरणबमोजिम लाभग्राहीले चार, पाँच र छ लाख रुपैयाँ तीन किस्तामा अनुदान पाउनेछन् । कार्यविधिमा काठ खरिदमा सरकारी मूल्यको ९० प्रतिशत छुट र आवास निर्माण गर्न नसक्ने विपन्न, सङ्कटासन्न र अपाङ्गता भएका परिवारलाई अनुदान रकममा ५० हजार रुपैयाँ थप हुने व्यवस्था पनि छ ।

प्रकाशित मिति : 5:09 am

मेरिङदेनमा विशेष संरक्षण आवश्यक बालबालिकालाई शैक्षिक प्रोत्साहन भत्ता वितरण

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आमा–बाबु गुमाएका

ताप्लेजुङका जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङका जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री

मिक्वाखोलाको बजेट ४६ करोड ३३ लाख

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले ४६ करोड

पाथीभरा याङवरकको बजेट ५२ करोड ८० लाख

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले ५२

फक्ताङलुङको बजेट ५८ करोड ५५ लाख बढी, खेलाडी र पर्वतारोही सम्मानित

ताप्लेजुङ, असार १० गते । फक्ताङलुङ गाउँपालिकाले ५८ करोड ५५