सबैखाले विपद्‌बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने



काठमाडौं । अबदेखि सबैखाले विपद्‌बाट क्षति भएका घरको पुनःनिर्माणका लागि सरकारले अनुदान दिने भएको छ । यसअघि भूकम्प, आगलागी र मनसुनजन्य विपद्बाट क्षति भएकाको हकमा मात्रै अनुदान दिने व्यवस्था थियो ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सबै प्रकारका विपद्बाट हुने आवासको क्षतिमा सरकारले पुनःनिर्माणका लागि अनुदान दिने कार्यविधि पारित गरेको जानकारी दिनुभएको छ । ललितपुरमा बुधबार भएको कार्यक्रममा उहाँले जिल्लाको वर्गीकरणअनुसार सरकारले अनुदान रकम दिने जानकारी दिनुभयो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको वैशाख ३ को बैठकले पारित गरेको कार्यविधि अनुसार जिल्लाको वर्गीकरणबमोजिम लाभग्राहीले चार, पाँच र छ लाख रुपैयाँ तीन किस्तामा अनुदान पाउनेछन् । कार्यविधिमा काठ खरिदमा सरकारी मूल्यको ९० प्रतिशत छुट र आवास निर्माण गर्न नसक्ने विपन्न, सङ्कटासन्न र अपाङ्गता भएका परिवारलाई अनुदान रकममा ५० हजार रुपैयाँ थप हुने व्यवस्था पनि छ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार ०५:०९

केबलकारको विवादलाई समाधान गर्न आन्दोलनरत पक्ष वार्तामा बस्न तयार

ताप्लेजुङ । ताप्लेजुङमा निर्माणाधीन केबलकारको विवादलाई समाधान गर्नका लागि आन्दोलनरत

गत वर्ष फागुनको तुलनामा यस वर्षको फागुनमा करिब साढे ९ हजार कम दर्शनार्थी पाथीभरा आए 

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा दर्शन गर्न आउने

मैवाखोला गाउँपालिकाले दियो तीन परिवारलाई एक लाख ५० हजार राहत

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ३ परिवारलाई एक लाख ५०

ताप्लेजुङमा स्थायी नियुक्तिका लागि स्थानीय तह छनोट गर्न शिक्षकहरुलाई सात दिनको म्याद

ताप्लेजुङ । ताप्लेजुङमा प्राथमिक तह तृतीय श्रेणीमा स्थायी नियुक्तिका लागि

केबलकारको विवादलाई समाधान गर्न वार्ताका लागि आन्दोलनरत पक्षलाई गृह मन्त्रालयले फेरी बोलायो

ताप्लेजुङ । ताप्लेजुङमा निर्माणाधीन केबलकारको विवादलाई समाधान गर्नका लागि गृह