करेन्ट लागेर नाबालकको मृत्यु



दमक । झापाको शिवसताक्षीमा १८ महिनाको एक नाबालकको करेन्ट लागेर मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका वडा नं. ७ का सुनिल राजवंशीको १८ महिनाको नाबालक छोरा सोमबार दिउसो खेल्ने क्रममा पानी तान्ने मोटर चलिरहेको अवस्थामा करेन्ट लागेर गम्भीर घाइते बनेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाइतेलाई उपचारका लागि बिर्ता सिटी हस्पिटल बिर्तामोडमा उपचारका लागि पुर्याईएकोमा अस्पतालका चिकित्सकले मृत्यु भइसकेको जनाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताउनु भयो ।

आवश्यक कानुनी प्रक्रिया पुर्‍याएर साँझ अस्पतालबाट शव निकालेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको उहाँले जनाउनु भयो ।

प्रकाशित मिति : 8:18 am

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ