क्रान्ति लक्ष्य होइन, प्राप्तिको एउटा माध्यम मात्र हो : शंखर पोखरेल 



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । नेकपा एमालेका महासचिव शंखर पोखरेलले राजनीति परिवर्तन वा क्रान्ति आफैमा लक्ष्य नभई लक्ष्य प्राप्तिको एउटा माध्यम मात्र भएको बताउनुभएको छ । नेकपा एमाले ताप्लेजुङको १२औं जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो भन्नु भएको हो । 

राजनीतिको उद्देश्य भनेको समाजको परिवर्तन भए पनि राजनीति परिवर्तन भएपछि जिम्मेवारी पुरा भए जस्तो ठान्ने गलत प्रवृत्ति हामीमा हावी हुने उहाँले बताउनुभयो । तर, नेकपा एमाले भने जनताको रोजाईमा परेको पहिलो पार्टी रहेको दावी गर्नु भएको छ । पहिलो रोजाईमा परेको पार्टी भए पनि अझै बलियो हुनु जरुरी रहेको भन्दै उहाँले भन्नुभयो, ‘हामी गर्भ गर्छौ जनताले सबैभन्दा धेरै रुचाएको पार्टी नेकपा एमाले नै हो । तर, राष्ट्र र जनताको आवश्यकताको हिसाबले हामी अझै बलियो हुन सकेका छैनौ ।’ 

राजनीति यात्राको लागि यतिको तागतले मात्र नपुग्ने भन्दै उहाँले थप्नुभयो, ‘आज हामी जुन प्रकारको राजनीति यात्रामा छौं त्यो यात्राका लागि यतिको तागतले मात्र राष्ट्रलाई बदल्न सक्दैनौ ।’ त्यसैले हाम्रो जिम्मेवारी र अभिभारा समाजलाई परिवर्तन गर्नेमा केन्द्रित हुनु पर्ने बताउनुभएको छ । उहाँले यसका लागि राज्य सत्ताको नेतृत्व र समाजको चरित्रलाई बदल्नु पर्ने बताउनुभएको छ ।  

तर, हाम्रा अग्रजहरूले बेलाबखत भन्ने कुरा स्मरण गर्दै उहाँले भन्नुभयो, ‘एउटै पुस्ताले दुई तीनवटा राजनीतिको नेतृत्व गर्यो भने असफल भएको सुन्ने गर्छौ, सत्य नै हो, हामिले देखेका छौं सात सालको राजनीति क्रान्ति पनि एउटा ऐतिहासिक क्रान्ति थियो असम्भव भयो, ४६ सालको राजनीति क्रान्ति पनि उस्तै थियो सफल भएन र ६२र६३ मा हामिले जिवनतकालसम्म महत्वपूर्ण परिवर्तन गर्‍यौँ त्यो सफल हुन्छ कि हुँदैन मान्छेका मनमा प्रष्ट प्रश्न खडा भएको छ ।’ 

दुनियाँमा एउटै क्रान्ति भएर युग बदलिन्छ तर, हामिले तीन तीन वटा राजनीति क्रान्ति गरेर पनि समय बदल्न नसेको बताउनुभएको छ । समाजलाई बदल्ने कुरा भनेको शान्ति पूर्ण र वैधानिक यात्रा भएको बताउँदै यस सिद्धान्तबाट हामी अगाडि बढ्न जरुरी रहेको उहाँको धारणा रहेको छ । 

साथै उहाँले ताप्लेजुङ जिल्ला नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ धरातलमा आगाडि बढाउने बामपन्थी आन्दोलनको महत्वपूर्ण जिल्ला भएको बताउनुभएको छ । जातीय पहिचानको हावाहुरी चलिरहेको बेला, वर्ग होइन जातीय भन्दै कुदिरहेको बेला नेकपा एमाले पार्टीको रक्षा गरेको स्मरण गर्दै नयाँ अठोटका साथ अघि बढ्न संकल्प राख्ने जिल्लाको रुपमा आफूले ताप्लेजुङलाई लिने गरेको बताउनुभयो ।  

आजबाट सुरु भएको एमालेको १२औं जिल्ला अधिवेशन भोलिसम्म चल्ने एमाले ताप्लेजुङले जनाएको छ । 

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार १४:२३

अझै भेटिएनन् त्रिशूलीमा हराएका २ बस र ३७ यात्रु

काठमाडौं । नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोले बगाएर त्रिशूली

क्षतीपुर्ती नपाएको भन्दै स्थानीयद्धारा हाईड्रोका गाडी सञ्चालन बन्द आह्वान

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका स्थानीयले क्षतीपुर्ति नपाएको भन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ

आज पाँच प्रदेशमा भारी वर्षा, कुन-कुन ?

बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा

खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित