ब्राजिलमा बाढीका कारण ५५ जनाको ज्यान गयो




काठमाडौं । ब्राजिलको दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ५५ जनाको ज्यान गएको छ । ७४ जना बेपत्ता भएका छन् । अस्ति शनिवार आएको आँधीपछि २५ हजारभन्दा बढी मानिस विस्थापित भएका त्यहाँको स्थानीय प्रशासनले जानकारी दिएको हो । झण्डै ५ लाख मानिस स्वच्छ पानी र बिजुलीविहीन भएर बाँच्न बाध्य भएका छन् । त्यहाँ अझै भारी वर्षाको सम्भावना रहेको बीबीसीले जनाएको छ ।

बाढी र हावाहुरीका कारण झण्डै २ सय ५० वटा शहर प्रभावित भएका छन् । धेरै सडकमा क्षति पुगेको खबरमा उल्लेख छ । केही दिनअघि बेन्टो गोन्काल्भ्सको बाँध नजिकैको पहिरोमा परी ३० जनाको ज्यान गएको थियो । फेरि अर्को बाँध फुट्ने खतरा रहेको स्थानीय प्रशासनले जनाएको छ । पोर्टो एलेग्रेबाट अन्तर्राष्ट्रिय हवाई सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।

प्रकाशित मिति : 4:31 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन