एमाले र कांग्रेसको बिचमा सरकार बनाउने कुरा पछाडि परिसक्यो : योगेश भट्टराई 



साहारा लङ्वा लिम्बू 
ताप्लेजुङ ।
नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश कुमार भट्टराईले नेकपा एमाले र नेपाली कांग्रेसको बिचमा सरकार बनाउने कुरा समयको हिसाबले पछाडि परिसेको बताउनुभएको छ । आज नेपाल पत्रकार महासंघ जिल्ला शाखा ताप्लेजुङको सभाहलमा भएको पत्रकार सम्मेलनमा समसामयिक राजनीतिको बारेमा कुरा गर्दै यस्तो बताउनुभएको हो । 

उहाँले भन्नु भयो, “नेकपा एमाले त्यो कोरसमा जादैन, त्यो कोरस हाम्रो कोरस होइन ।”  एमालेले अहिलेकै राजनीति समीकरणलाई ८४ सालमा लिएर जाने प्रतिबद्धता लिएको उहाँले बताउनुभयो ।  एमाले सरकारमा जादा धेरै उदारताको भावना देखाएको र अरु पार्टीलाई पनि यही सन्देश दिएकोले यो समीकरण ८४ सम्म जाने उहाँको भनाई छ । 

अहिलेको सरकार समीकरणलाई लिएर कतिपय नेताहरूको असन्तुष्टि प्रकट भइरहेको भन्दै यसलाई अस्वभाविक लिनु नहुने उहाँको भनाई छ । उहाँले भन्नुभयो, “कतिपय नेताहरू, पार्टीहरूलाई यो समीकरण बन्छ भन्ने थाहा थिएन र थाहा दिने कुरा पनि उचित थिएन त्यसै कारण यस्तो असन्तुष्ट प्रकट भएको हो ।” उहाँले उदाहरण दिदै थप्नुभयो, “ड्राइभरलाई थाहा थियो कता लाने भनेर तर, प्यासेन्जरलाई थाहा थिएन कता जादै छौ भन्ने, त्यसो हँुदा प्यासेन्जरमा स्वभावैले अलिकति असन्तुष्ट आउँछ ।” 

बैशाख २८ गतेबाट संघीय सांसदको बैठक आह्वान गरिएको छ । उक्त प्रसङगलाई जोड्दै उहाँले भन्नुभयो, “हिजो नेकपा एमालेका कालमा सुरु भएका कतिपय राष्ट्रिय गौरवका आयोजनाहरू छन् । त्यसले बिचमा खासै गति लिएन अब यसलाई फेरी पुन गति दिन चाहन्छौ ।” आउने सत्रमा सरकारको नीति कार्यक्रम र बजेट प्रस्तुत हुने जानकारी गराउँदै संसद्मा रहेका, समितिमा रहेका विधेयक माथि सरकारलाई अगाडि बढ्न अग्रसर गराउने बताउनुभयो अहिलेको समीकरण सरकारको नीति कार्यक्रम र बजेटले निराशालाई चिर्नु पर्ने र विकास निर्माणलाई तिव्रता दिनु उहाँको भनाई छ । एमाले एउटा जनपक्षीय बजेट, जनपक्षीय निती कार्यक्रमको पक्षमा रहेको पनि जानकारी दिनुभएको छ । 

संसद् कसरी अघि बढ्छ भन्ने कति पयको सोचाइ भएको बताउँदै उहाँले भन्नुभयो, “खास गरि अघिल्लो सत्रमा नेपाली कांग्रेसले केही मागहरू उठाएका छन् । विशेष गरि गृहमन्त्रीको बारेमा कुरा उठाएर बैठकहरू अवरुद्ध गर्दै आउनुभयो । त्यसलाई निरन्तरता दिने कि ? नयाँ ढङ्गले अघि बढ्ने ? यो प्रश्न छ । हाम्रो भनाई यो हो, नेपाली कांग्रेस संसद्को सबैभन्दा ठूलो दल हो । कांग्रेस सँग एकता सहकार्य प्रतिस्पर्धा सबै सम्बन्ध छ । कुनै पनि गलत क्रियाकलापहरू मथि छानविन हुनु पर्छ । गलत गर्ने मान्छेहरू दण्डित हुनु पर्छ । चाहे त्यो सहकारीको केशमा होस चाहे त्यो लघुवित्त, या मिटरब्याजको केशमा होस, पीडितहरूलाई न्याय दिनु पर्छ पीडकहरूले सजाय पाउनुपर्छ हाम्रो भनाई त्यही छ ।” सहकारी क्षेत्र अहिले एउटा समस्या ग्रस्तरुपमा देखा परी आएको बताउँदै यसमा सरकार गम्भीर हुनु पर्छ भन्ने एमालेको भनाइ रहेको उहाँले बताउनुभयो ।  

भर्खरै सम्पन्न भएको इलाम र बझाङको निवार्चनले नेपाली राजनीतिमा केही सन्देशहरू प्रवाह भएको बताउनुभएको छ । नेपालको राजनीतिमा एमाले र कांग्रेस दुई वटा राजनीति दल मुख्य राजनीति दल हो भन्ने सन्देश दिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, “यी दलहरूको काधमा नै मुख्य जिम्मेवारी छ भन्ने कुरा उक्त निर्वाचन पुष्टि गरेका छ । यो भन्दा अघि भएको उपचुनावमा चितवन र तनहुँमा राष्ट्र स्वतन्त्र पार्टीको जित भएको थियो । उक्त परिणामले मान्छेहरू अब अर्को राजनीति पाटोमा जान्छन् की ? भन्ने सोचाइ थियो उक्त सोचाइ इलाम र बझाङको चुनाबले खण्डित गरेको छ । राजनीति भनेको एउटा लामो इतिहास भएका हुन्छन् । समाजका आम समुदाय सँग सम्बन्ध हुन्छ । सिद्धान्तको जरा हुन्छ । कहिले कँही मास फ्रस्टेसनका कारण कुनै शक्ति आउन सक्छन् । तर त्यो स्थायित्व हुन सक्दैन ।” 

कोशी प्रदेश नामाकरणको प्रसङ्गमा नामाकरण गर्ने सार्वभौम अधिकार प्रदेश सभाको नै हुने बताउँदै उहाँले भन्नुभयो, “प्रदेश सभामा कसैले पनि हस्तक्षेप गर्न मिल्दैन । प्रदेश सभाले राखेको नामाकरण बदल्ने हो भने प्रदेश सभाले नै बदल्न सक्छ । त्यसको संवैधानिक व्यवस्था प्रदेशमा नै छ । तर, कोशी प्रदेश नामाकरणका सन्दर्भमा प्रकट भएका असन्तुष्टिहरू राजनीति भन्दा पनि गैर राजनीति गतिविधिहरू, मुलुकको एकतालाई भन्दा पनि भड्काउने, जातीय साम्प्रदायिकतालाई भड्काप गर्ने खालका अभिव्यक्तिहरू, आर्को विचारलाई निषेध गर्ने खालका क्रियाकलापहरू भएका छन् ।”  यो निन्दनीय भएको र यस प्रति एमालेको खेद प्रकट रहको बताउनुभयो । 

अधिवेशन भनेपछि समग्रह पार्टीको अवस्थाको मूल्यांकन गर्ने, जिल्लाको समस्याको बारेमा छलफल गर्ने थलो र नेतृत्व निर्वाचन गर्ने थलो भएको बताउँदै एउटा लोकतान्त्रीक पार्टी भएको नाताले नेकपा एमाले भित्र सबै कार्यकर्ताहरूलाई समान व्यावहार भएको बताउनुभएको छ ।  उहाँका अनुसार नेकपा एमालेमा तीन वटा कुरामा विमती छैन । उहाँले भन्नुभयो, “पहिलो एमालेको विचार जताको बहुदलीय जनबाद हो, यसमा विमति छैन हामी यसमा एक मत छौं । दोस्रो देशभरका पार्टी सदस्यहरूको दायित्व पार्टीलाई बलियो राष्ट्रिय शक्ति बनाउने हो र तेस्रो केपी ओलीको नेतृत्वमा नेकपा एमालेलाई शुद्धिढ गर्नु हो ।”

 यी तीनवटा कुरा मानिसके पछि पार्टी भित्र प्रतिस्पर्धा हुने कुरालाई अन्यथा मान्नु नहुने उहाँको भनाई छ । नेकपा एमाले ताप्लेजुङको जिल्ला अधिवेशनलाई जोड्दै उहाँले भन्नुभयो, “कोशिश हामी गर्छौ जिल्लाको नेतृत्व हुनुको नाताले आकांक्षी साथिहरुको बिचमा सहमति निर्माण गर्ने कोसिस गर्छौ । कोसिस गर्दा पनि हामी तीन चार वटा कुरालाई ध्यान दिन्छौं । चुनिने व्यक्तिले पार्टीलाई बलियो बनाउँनु पर्छ ।” 
 
ताप्लेजुङका प्रतिनिधि सभा प्रदेश सभाको निर्वाचन र नौ वटा स्थानीय तहको निर्वाचनमा एमालेलाई विजय गराउन सक्ने नेतृत्व नै सहमतिको नेतृत्व हुने उहाँको भनाई छ । नेकपा एमाले ताप्लेजुङको १२औँ जिल्ला अधिवेशन यही बैशाख २४ र २५ गते हुँदै छ । 

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार ११:४४

केबलकार विवाद : पक्राउ परेका तिन जना रिहा

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा निर्माणाधीन केबलकारको विरोधमा

सिंहपुर पशुपति माध्यमिक विद्यालयलाई तीन लाख ८२ हजार बढिको गणेश र सरस्वतीको मूर्ति प्रदान 

रेडियो काबेली । सिंहपुर पशुपति माध्यमिक विद्यालयलाई तीन लाख ८२

नौ जिल्लाको यातायात बन्द फिर्ता, पुनःबार्ता माघ २७ गते बस्ने

 ताप्लेजुङ । पाथीभरा मुक्कुमलुङ क्षेत्रको केबलकार निर्माणको विषयमा देखिएको विवाद

रेडियो काबेली सञ्चालक समितिका अध्यक्ष लिबाङ् सहित तीन जना पत्रकार पुरस्कृत 

ताप्लेजुङ । रेडियो काबेलीका सञ्चालक समितिका अध्यक्ष लोकेश लिबाङ् सहित

पाथीभरा केबलकार विवाद : एक सातादेखि यातायात ठप्प, जनजीवन प्रभावित

फुङ्लिङ । पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा एक सातादेखि जारी यातायात