वेष्ट इण्डिज ए विरुद्ध आज अन्तिम खेल खेल्दै नेपाल



काठमाडौं । वेष्ट इण्डिज ए विरुद्ध पाँच खेलको टी–२० श्रृङ्खलाअन्तर्गत नेपालले शनिवार अन्तिम खेल खेल्दैछ। खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ।

यद्यपि नेपालले वेष्ट इण्डिज ए विरुद्ध पाँच खेलको टी २० ३–१ ले गुमाइसकेको छ।

श्रृङ्खलाको पहिलो खेल जितेको नेपालले त्यसयता तीन खेलमा लगातार पराजय हात पार्‍यो। पहिलो खेलमा ४ विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा १० र तेस्रो खेलमा ७६ रनले पराजित भयो । चौथो खेलमा २८ रनले पराजित हुँदै नेपालले वेष्ट इण्डिजलाई सिरिज सुम्पिएको हो।

आगामी जुनमा आयोजना हुने आईसीसी टी २० विश्वकपको तयारीका क्रममा नेपाल र वेष्ट इण्डिज ‘ए’ बीच मैत्रीपूर्ण खेल भइरहेको हो।

विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेष्ट इण्डिजमा संयुक्तरूपमा आयोजना हुँदैछ। विश्वकपमा नेपाल समूह डी समूहमा छ। यहाँ दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन्। वेष्ट इण्डिज समूह ‘सी’ मा छ । यो समूहमा न्युजिल्याण्ड, अफगानिस्तान, पपुवा न्यूगिनी र युगाण्डा छन्।

प्रकाशित मिति : 6:29 am

मिक्वाखोलाको सडक स्तरोन्नतिमा युवाको पहल

ताप्लेजुङ, असोज ११ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाअन्तर्गत खोक्लिङ–लिवाङ–साँवा–पापुङ सडक

दोभान अग्निपीडितलाई एमालेको चार लाख बढी सहयोग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान