वेष्ट इण्डिज ए विरुद्ध आज अन्तिम खेल खेल्दै नेपाल



काठमाडौं । वेष्ट इण्डिज ए विरुद्ध पाँच खेलको टी–२० श्रृङ्खलाअन्तर्गत नेपालले शनिवार अन्तिम खेल खेल्दैछ। खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ।

यद्यपि नेपालले वेष्ट इण्डिज ए विरुद्ध पाँच खेलको टी २० ३–१ ले गुमाइसकेको छ।

श्रृङ्खलाको पहिलो खेल जितेको नेपालले त्यसयता तीन खेलमा लगातार पराजय हात पार्‍यो। पहिलो खेलमा ४ विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा १० र तेस्रो खेलमा ७६ रनले पराजित भयो । चौथो खेलमा २८ रनले पराजित हुँदै नेपालले वेष्ट इण्डिजलाई सिरिज सुम्पिएको हो।

आगामी जुनमा आयोजना हुने आईसीसी टी २० विश्वकपको तयारीका क्रममा नेपाल र वेष्ट इण्डिज ‘ए’ बीच मैत्रीपूर्ण खेल भइरहेको हो।

विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेष्ट इण्डिजमा संयुक्तरूपमा आयोजना हुँदैछ। विश्वकपमा नेपाल समूह डी समूहमा छ। यहाँ दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन्। वेष्ट इण्डिज समूह ‘सी’ मा छ । यो समूहमा न्युजिल्याण्ड, अफगानिस्तान, पपुवा न्यूगिनी र युगाण्डा छन्।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ६ : २९ बजे

मैवाखोला गाउँपालिकामा गोलिया ओसारपसार बन्द

ताप्लेजुङ । ताप्लेजुङको गाउँपालिकाले आगामी जेठ १५ गते देखि करिव

ताप्लेजुङ पर्यटन महोत्सव :  वक्तृत्वकला प्रतियोगितामा प्रथम भए फक्ताङ्लुङका टेक हाङ 

ताप्लेजुङ ।  ‘स्थानीय अर्गानिक मेला महोत्सवमा प्रोत्साहन ताप्लेजुङको पर्यटकीय स्थलहरूको

ताप्लेजुङमा भएको अनिश्चितकालीन यातायात बन्द फिर्ता

ताप्लेजुङ । पाथीभरा केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत समूहले आह्वान गरेको अनिश्चितकालीन

फुङलिङ नगरपालिका-६ का विद्यार्थीहरुले पाए हाउस बुक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ का विद्यार्थीहरुलाई हाउस बुक

पाथीभरामा वैशाखमा ६८ लाख भेटी सङ्कलन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा वैशाख महिनामा