कङ्गोमा विस्थापितको शिविरमा बम विस्फोटः १२ जनाको ज्यान गयो



एजेन्सी । युद्धग्रस्त देश कङ्गोमा विस्थापितको शिविरमा भएको बम विस्फोटमा परी कम्तीमा १२ जनाको ज्यान गएको छ । पूर्वी शहर गोमामा रहेको शिविरमा हिजो विस्फोट भएको हो । घटनामा २० जनाभन्दा धेरै घाइते भएका समाचार संस्था एपीले जनाएको छ । आक्रमणको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।

एम २३ अर्थात् मार्च २३ आन्दोलन विद्रोही र सरकारबीचको लडाइँका क्रममा विस्थापित भएकाहरुको झुपडीमा बम विस्फोटको घटना भएको हो । राजधानी शहरबाट झण्डै २० किलोमिटर टाढा गोमाबाट जाने रणनीतिक शहर सोकसम्म सडकको दुवैतिर झुपडी छन् ।

सरकारका प्रवक्ता प्याट्रिक मुयायाले ‘रुवान्डा सेना र उसको एम २३ विद्रोही समर्थकहरु’ विस्फोटका लागि जिम्मेवार रहेको आरोप लगाउनुभएको छ । छिमेकी देश रुवान्डाले एम २३ लाई समर्थन गरिरहेको कङ्गो सरकार र अरु साझेदार देशको आरोप छ । तर रुवान्डाले आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

संयुक्त राष्ट्रसङ्घले सन् २०२३ को अन्त्यमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा झण्डै ७० लाख मानिस विस्थापित भएको र यसमा उत्तरी किभुबाट मात्रै २५ लाख मानिस रहेको अनुमान गरेको थियो ।

प्रकाशित मिति : 6:22 am

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा