कङ्गोमा विस्थापितको शिविरमा बम विस्फोटः १२ जनाको ज्यान गयो



एजेन्सी । युद्धग्रस्त देश कङ्गोमा विस्थापितको शिविरमा भएको बम विस्फोटमा परी कम्तीमा १२ जनाको ज्यान गएको छ । पूर्वी शहर गोमामा रहेको शिविरमा हिजो विस्फोट भएको हो । घटनामा २० जनाभन्दा धेरै घाइते भएका समाचार संस्था एपीले जनाएको छ । आक्रमणको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।

एम २३ अर्थात् मार्च २३ आन्दोलन विद्रोही र सरकारबीचको लडाइँका क्रममा विस्थापित भएकाहरुको झुपडीमा बम विस्फोटको घटना भएको हो । राजधानी शहरबाट झण्डै २० किलोमिटर टाढा गोमाबाट जाने रणनीतिक शहर सोकसम्म सडकको दुवैतिर झुपडी छन् ।

सरकारका प्रवक्ता प्याट्रिक मुयायाले ‘रुवान्डा सेना र उसको एम २३ विद्रोही समर्थकहरु’ विस्फोटका लागि जिम्मेवार रहेको आरोप लगाउनुभएको छ । छिमेकी देश रुवान्डाले एम २३ लाई समर्थन गरिरहेको कङ्गो सरकार र अरु साझेदार देशको आरोप छ । तर रुवान्डाले आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

संयुक्त राष्ट्रसङ्घले सन् २०२३ को अन्त्यमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा झण्डै ७० लाख मानिस विस्थापित भएको र यसमा उत्तरी किभुबाट मात्रै २५ लाख मानिस रहेको अनुमान गरेको थियो ।

प्रकाशित मिति : 6:22 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन