कङ्गोमा विस्थापितको शिविरमा बम विस्फोटः १२ जनाको ज्यान गयो



एजेन्सी । युद्धग्रस्त देश कङ्गोमा विस्थापितको शिविरमा भएको बम विस्फोटमा परी कम्तीमा १२ जनाको ज्यान गएको छ । पूर्वी शहर गोमामा रहेको शिविरमा हिजो विस्फोट भएको हो । घटनामा २० जनाभन्दा धेरै घाइते भएका समाचार संस्था एपीले जनाएको छ । आक्रमणको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।

एम २३ अर्थात् मार्च २३ आन्दोलन विद्रोही र सरकारबीचको लडाइँका क्रममा विस्थापित भएकाहरुको झुपडीमा बम विस्फोटको घटना भएको हो । राजधानी शहरबाट झण्डै २० किलोमिटर टाढा गोमाबाट जाने रणनीतिक शहर सोकसम्म सडकको दुवैतिर झुपडी छन् ।

सरकारका प्रवक्ता प्याट्रिक मुयायाले ‘रुवान्डा सेना र उसको एम २३ विद्रोही समर्थकहरु’ विस्फोटका लागि जिम्मेवार रहेको आरोप लगाउनुभएको छ । छिमेकी देश रुवान्डाले एम २३ लाई समर्थन गरिरहेको कङ्गो सरकार र अरु साझेदार देशको आरोप छ । तर रुवान्डाले आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

संयुक्त राष्ट्रसङ्घले सन् २०२३ को अन्त्यमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा झण्डै ७० लाख मानिस विस्थापित भएको र यसमा उत्तरी किभुबाट मात्रै २५ लाख मानिस रहेको अनुमान गरेको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार ०६:२२

ताप्लेजुङका दुई जना त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियुमा निर्वाचित

ताप्लेजुङ । ताप्लेजुङका दुई जना त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र

ताप्लेजुङमा गणतन्त्र रक्षाका लागि वृहत जागरण ¥याली तथा सभा

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ बजारमा वृहत गणतान्त्रिक जागरण ¥याली तथा

सञ्चारकर्मीलाई निसाना बनाएको भन्दै पत्रकार महासङ्घ ताप्लेजुङद्वारा गृहमन्त्रालयलाई ध्यानाकर्षण

ताप्लेजुङ । नेपाल पत्रकार महासङ्घ ताप्लेजुङले गृहमन्त्रालयलाई ध्यानाकर्षण गराएको छ

सङ्घीय लोकतान्त्रिक गणतन्त्र रक्षाको लागि एमाले ताप्लेजुङले वृहत जनसभामा गर्ने

ताप्लेजुङ । नेकपा एमाले ताप्लेजुङले गणतान्त्रिक जागरण सभा गर्ने भएको

सोमवार इदको सार्वजनिक बिदा

काठमाडौँ । सरकारले इस्लाम धर्मावलम्बीको पर्व इद–उल फित्र ९इद० को