विश्वको प्रदूषित शहरको सूचीमा आज दोस्रो नम्बरमा काठमाडौं



काठमाडौं । डढेलो र आगलागीका कारण काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा प्रदूषण बढेको छ। ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार शनिबार बिहान काठमाडौँको वायु गुणस्तर सूचकांक २०२ पुगेको छ ।

शनिबार काठमाडौँ विश्वको प्रदूषित शहरको सूचीमा दोस्रो नम्बरमा सूचीकृत छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी नपरुञ्जेल र हावाको मात्रा नबढुञ्जेलसम्म प्रदूषण हट्ने सम्भावना छैन । यद्यपि आगामी सोमबार भने पश्चिमी वायुको प्रभावले उपत्यकामा वर्षाको सम्भावना रहेकाले प्रदूषण केही मात्रा हट्ने महाशाखाका मौसमविद् सरोज पुडासैनीले बताए।

केही दिनको उच्च तापक्रम भने अहिले घट्दो क्रममा छ। सबैभन्दा उच्च तापक्रम पुग्ने भैरहवामा आज ३७ देखि ३९ डिग्री सेल्यिससम्म पुग्न सक्ने अनुमान गरिएको छ। शुक्रबार भैरहवामा ३९.२ डिग्री सेल्सियस मापन गरिएको थियो ।

यस्तै काठमाडौं ३१ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो। शनिबार पनि काठमाडौंमा सोही हाराहारीमा तापक्रम पुग्ने अनुमान गरेको मौसमविद् पुडासैनीले बताए।

प्रकाशित मिति : 5:52 am

आईटी एकेडेमीबाट दीक्षित भएका प्रशिक्षार्थीलाई प्रमाणपत्र 

 ताप्लेजुङ, चैत १९ गते । ताप्लेजुङमा रहेको एक मात्र आईटी

मेरिङ्देन गाउँपालिकाले स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने 

ताप्लेजुङ, चैत १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उच्च शिक्षा

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

ताप्लेजुङ, चैत १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र