झापामा हात्तीपाइले रोगको जोखिम कायमै



दमक । झापामा हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम चलिरहँदा हात्ती पाइले रोगबाट सङ्क्रमित बिरामीहरू फेला पर्न थालेका छन् । यसले अझै पनि झापा हात्ती पाइले रोगको सङ्क्रमणको उच्च जोखिममा रहेको पाइएको छ ।

बिर्तामोड नगरपालिकामा मात्र ४ जना नयाँ हात्तीपाइले रोगबाट सङ्क्रमित बिरामीहरू फेला परेको जनाइएको छ । मङ्गलवार र बुधवार गरेर ४ जना नयाँ बिरामी फेला परेको बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेव दीपक सापकोटाले जानकारी दिनुभएको छ । मङ्गलवार ३ जना र बुधवार १ जना गरेर ४ जना नयाँ बिरामी फेला परेको उहाँको भनाइ छ ।

केही दिनयता बिर्तामोड नगरपालिकाभित्र हात्तीपाइले रोगको विषयमा जनचेतना सहित आम औषधि सेवन कार्यक्रम सुरु भएपछि नयाँ बिरामीहरू पत्ता लाग्ने क्रम पनि सुरु भएको नगरपालिकाले जनाएको छ । अहिलेसम्म ५ जना नयाँ बिरामीहरू फेला परेको र यसलाई गम्भीर रूपमा लिइएको नगरपालिकाले जनाएको छ ।

राष्ट्रिय हात्तीपाइले रोग निवारण १३ औँ अभियान केही दिन अघिदेखि झापामा जारी छ । वैशाख १६ गते देखि झापाका सबै पालिकामा हात्तीपाइले रोग विरुद्ध आम औषधि खुवाउने अभियान सुरु भएको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार वैशाख ३० गतेसम्म अभियान सञ्चालन हुनेछ ।

हात्तीपाइले रोग निवारण अभियानमा खुवाइने औषधिलाई लिएर विभिन्न भ्रामक कुराहरू समाजमा फैलिएको कारण सर्वसाधारणले औषधि सेवन नगरेको कारण झापामा हात्तीपाइले रोग निवारण हुन नसकेको बताइने गरेको छ ।

प्रकाशित मिति : 5:36 am

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा

पाथीभरामा भदौमा १३ लाख ६७ हजार भेटी सङ्कलन

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा

पाथीभरा याङवरक छ विधाका खेल प्रशिक्षक नियुक्त गर्ने

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले जिल्ला