झापामा हात्तीपाइले रोगको जोखिम कायमै



दमक । झापामा हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम चलिरहँदा हात्ती पाइले रोगबाट सङ्क्रमित बिरामीहरू फेला पर्न थालेका छन् । यसले अझै पनि झापा हात्ती पाइले रोगको सङ्क्रमणको उच्च जोखिममा रहेको पाइएको छ ।

बिर्तामोड नगरपालिकामा मात्र ४ जना नयाँ हात्तीपाइले रोगबाट सङ्क्रमित बिरामीहरू फेला परेको जनाइएको छ । मङ्गलवार र बुधवार गरेर ४ जना नयाँ बिरामी फेला परेको बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेव दीपक सापकोटाले जानकारी दिनुभएको छ । मङ्गलवार ३ जना र बुधवार १ जना गरेर ४ जना नयाँ बिरामी फेला परेको उहाँको भनाइ छ ।

केही दिनयता बिर्तामोड नगरपालिकाभित्र हात्तीपाइले रोगको विषयमा जनचेतना सहित आम औषधि सेवन कार्यक्रम सुरु भएपछि नयाँ बिरामीहरू पत्ता लाग्ने क्रम पनि सुरु भएको नगरपालिकाले जनाएको छ । अहिलेसम्म ५ जना नयाँ बिरामीहरू फेला परेको र यसलाई गम्भीर रूपमा लिइएको नगरपालिकाले जनाएको छ ।

राष्ट्रिय हात्तीपाइले रोग निवारण १३ औँ अभियान केही दिन अघिदेखि झापामा जारी छ । वैशाख १६ गते देखि झापाका सबै पालिकामा हात्तीपाइले रोग विरुद्ध आम औषधि खुवाउने अभियान सुरु भएको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार वैशाख ३० गतेसम्म अभियान सञ्चालन हुनेछ ।

हात्तीपाइले रोग निवारण अभियानमा खुवाइने औषधिलाई लिएर विभिन्न भ्रामक कुराहरू समाजमा फैलिएको कारण सर्वसाधारणले औषधि सेवन नगरेको कारण झापामा हात्तीपाइले रोग निवारण हुन नसकेको बताइने गरेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार ०५:३६

बजेटले आशा जगायो : पूर्व मुख्यमन्त्री राई

ताप्लेजुङ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका

पूर्व राजा नागरिक भइसके : काँग्रेस नेता महर

ताप्लेजुङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख

सिदिङ्वा भलिबल प्रतियोगिताको उपाधि मेहेलेलाई

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा आयोजित वडा स्तरीय भलिबल

ताप्लेजुङमा विभिन्न पार्टी परित्याग गरी ८७ जना नेपाली काँग्रेसमा प्रवेश

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा विभिन्न पार्टी परित्याग गरि ८७ जना

हाल्फ म्याराथन प्रतियोगिताको उपाधि विविसन र जुनीलाई

ताप्लेजुङ । प्रथम सिदिङ्वाधाम पर्यटन महोत्सव–२०८२ को अवसरमा आयोजित हाल्फ