जिल्ला प्रहरी कार्यालय ताप्लेजुङद्वारा लागू औषध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न



रेडियो काबेली
ताप्लेजुङ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले लागू औषध सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला कारागार ताप्लेजुङको समन्वयमा मंगलबार फुङलिङ नगरपालिका वडा नं. ५ स्थित कारागार कार्यालयमा रहेको ४ जना लागू औषध मुद्दाका कसुरदार सहित १५० जना कैदीलाई प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

 जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलले लागू औषध तथा कसुर पुनरावृत्ति हुन नदिन र समाजमा पुनस्थापनाका लागि सकारात्मक सोच सम्बन्धी प्रशिक्षण दिनुभएको हो । जिल्ला कारागारका प्रमुख कुलेन्द्र खवासको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । पछिल्लो समय लागू औषध प्रयोगकर्ता बढ्दो क्रममा रहेकाले यस विषयलाई गम्भिर रुपमा लिएर सचेतना फैलाउनु आवश्यक रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 2:03 pm

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि

प्रहरीको आयोजनामा दौड प्रतियोगिता

ताप्लेजुङ, चैत २२ गते । जिल्ला प्रहरी कार्यालयले हरित पैदल

आईटी एकेडेमीबाट दीक्षित भएका प्रशिक्षार्थीलाई प्रमाणपत्र 

 ताप्लेजुङ, चैत १९ गते । ताप्लेजुङमा रहेको एक मात्र आईटी

मेरिङ्देन गाउँपालिकाले स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने 

ताप्लेजुङ, चैत १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उच्च शिक्षा

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ