जिल्ला प्रहरी कार्यालय ताप्लेजुङद्वारा लागू औषध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न



रेडियो काबेली
ताप्लेजुङ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले लागू औषध सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला कारागार ताप्लेजुङको समन्वयमा मंगलबार फुङलिङ नगरपालिका वडा नं. ५ स्थित कारागार कार्यालयमा रहेको ४ जना लागू औषध मुद्दाका कसुरदार सहित १५० जना कैदीलाई प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

 जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलले लागू औषध तथा कसुर पुनरावृत्ति हुन नदिन र समाजमा पुनस्थापनाका लागि सकारात्मक सोच सम्बन्धी प्रशिक्षण दिनुभएको हो । जिल्ला कारागारका प्रमुख कुलेन्द्र खवासको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । पछिल्लो समय लागू औषध प्रयोगकर्ता बढ्दो क्रममा रहेकाले यस विषयलाई गम्भिर रुपमा लिएर सचेतना फैलाउनु आवश्यक रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 2:03 pm

मानाभरा गोल्डकप : लिङ्तेपलाई पराजित गर्दै हाङ्देवा सेमिफाइनलमा 

ताप्लेजुङ, पुस १७ गते । नवप्रयास युथ क्लब हाङ्देवा फक्ताङ्लुङ

ताप्लेजुङ गोल्ड कपलाई ५ लाख बढी नाफा 

ताप्लेजुङ, पुस १७ गते । लाखेजात्रा सञ्चालन समितिले तेश्रो संस्करणको

आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले घट्यो

ताप्लेजुङ, पुस १७ गते । पुस १३ गते कीर्तिमान बनेको

सानिमा मिडल तमोर जलविद्युतको उत्पादन तीन सातादेखि ठप्प 

ताप्लेजुङ, पुस १७ गते । ७३ मेगावट क्षमताको सानिमा मिडल

ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान थप

ताप्लेजुङ, पुस १७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान