ताप्लेुङमा सर्पले डस्दा एक महिला घाईते



रेडियो काबेली

ताप्लेजुङ । ताप्लेजुङमा सर्पले डस्दा एक महिला घाईते भएकी छन् । ताप्लेजुङको सिदिङबा गाउँपालिका ३ साब्लाखुस्थित डाँडाखर्कका ५८ वर्षीया शिला राई घाईते हुनु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक, सूचना अधिकारी कमलकुमार लुङ्गेलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार राईलाई घर नजिकैका बारीमा मकै गोड्ने क्रममा सोमबार बिहान गुर्बे नामक सर्पले डस्दा घाईते हुनु भएको हो । सर्पले डसेपछि घाईते हुनु भएका राईलाई स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारको लागि झापा पठाइएको छ । 

घाइतेलाई मंगलबार बिहान झापाको चारआलीस्थित सर्प दंश उपचार केन्द्रमा लगिएको स्थानीय विज्ञान राईले बताएको प्रहरीले जनाएको छ । ताप्लेजुङमै सर्प दंश केन्द्र नभएकाले उपचारका लागि झापा जानुपर्ने बाध्यता जिल्लावासीले भोग्दै आइरहेको छन्

प्रकाशित मिति : 1:17 pm

मेरिङदेनमा विशेष संरक्षण आवश्यक बालबालिकालाई शैक्षिक प्रोत्साहन भत्ता वितरण

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आमा–बाबु गुमाएका

ताप्लेजुङका जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङका जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री

मिक्वाखोलाको बजेट ४६ करोड ३३ लाख

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले ४६ करोड

पाथीभरा याङवरकको बजेट ५२ करोड ८० लाख

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले ५२

फक्ताङलुङको बजेट ५८ करोड ५५ लाख बढी, खेलाडी र पर्वतारोही सम्मानित

ताप्लेजुङ, असार १० गते । फक्ताङलुङ गाउँपालिकाले ५८ करोड ५५