ताप्लेुङमा सर्पले डस्दा एक महिला घाईते



रेडियो काबेली

ताप्लेजुङ । ताप्लेजुङमा सर्पले डस्दा एक महिला घाईते भएकी छन् । ताप्लेजुङको सिदिङबा गाउँपालिका ३ साब्लाखुस्थित डाँडाखर्कका ५८ वर्षीया शिला राई घाईते हुनु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक, सूचना अधिकारी कमलकुमार लुङ्गेलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार राईलाई घर नजिकैका बारीमा मकै गोड्ने क्रममा सोमबार बिहान गुर्बे नामक सर्पले डस्दा घाईते हुनु भएको हो । सर्पले डसेपछि घाईते हुनु भएका राईलाई स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारको लागि झापा पठाइएको छ । 

घाइतेलाई मंगलबार बिहान झापाको चारआलीस्थित सर्प दंश उपचार केन्द्रमा लगिएको स्थानीय विज्ञान राईले बताएको प्रहरीले जनाएको छ । ताप्लेजुङमै सर्प दंश केन्द्र नभएकाले उपचारका लागि झापा जानुपर्ने बाध्यता जिल्लावासीले भोग्दै आइरहेको छन्

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलवार १३:१७

ताप्लेजुङको दिङ्लामा लम्पी स्किन रोग फेला

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ४ दिङ्लामा लम्पी

आठराई त्रिबेणीको शिक्षा क्षेत्रमा १८ प्रगति

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति

फुङ्लिङ ८ का उत्कृष्ट ७ शिक्षक सम्मानित 

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. ८ ले विद्यालयका उत्कृष्ट

नापी कार्यालय ताप्लेजुङको सेवा दुई दिन बन्द हुने

ताप्लेजुङ । ताप्लेजुङको नापी कार्यालय दुई दिन बन्द हुने भएको

फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन हुन नसकेको निष्कर्ष 

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन