पूर्वमन्त्री अफताब आलमलाई जन्मकैदको सजाय



पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आमललाई जन्मकैदको फैसला भएको छ।

जिल्ला अदालत रौतहटका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्यज्यान सम्बन्धी कसुरमा आलमसहित चारजनालाई जन्मकैद हुने फैसला गरेको हो।

पहिलो संविधानसभा निर्वाचनताका बम बनाउने क्रममा पड्केर घाइते भएका पाँचजनालाई इँटाभट्टामा हालेर आलमले निर्ममतापूर्वक हत्या गरेका थिए। इजलासले आलमसहित उनका भाइ मोहम्मद मोहताब आलम, सेख सराज र बद्री सहनीलाई पनि जन्मकैद अर्थात् २० वर्ष कैदको फैसला गरेको अदालतका तहसिलदार दुर्गाबहादुर कार्कीले थाहाखबरलाई जानकारी दिए।

सहनी इँटाभट्टाका मुन्सी थिए। कार्कीका अनुसार आरोपी इँटाभट्टामै काम गर्ने मुक्ति शाहले भने सफाइ पाएका छन्। अन्य ६ जना प्रतिवादीहरू फरार रहेकाले मुल्तबीमा राखिएको कार्कीले बताए। रौतहटको राजपुर बम काण्डमा आलम पुर्पक्षका लागि थुनामा रहँदै आएका थिए।

२०६४ चैत २७ गते संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको साविक गाविसको राजपुर फरहदवा वडानम्बर ४ मा आलमका काका शेख इद्रिसको गोठमा बम बनाउँदै गर्दा विस्फोट भएको थियो।

उक्त विस्फोटमा परी मृत्यु भएका स्थानीय पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएकामा आलमले घाइते अवस्थामै रहेका उनीहरूलाई इँटाभट्टामा जिउँदै जलाएको अभियोगमा ११ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।

प्रकाशित मिति : 12:43 am

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका