देखिए ताप्लेजुङको खम्बाछेनमा २ हिउँ चितुवा



ताप्लेजुङ । ४२ सय मिटर उचाईको ताप्लेजुङ स्थित खम्बाछेनमा हिउँ चितुवा ट्र्याक गर्न राखिएको क्यामेरामा ७ दिनमा दुईवटा हिउँ चितुवा रेकर्ड भएको छ । हिउँ चितुवा संरक्षण उपसमिति घुन्साकी अध्यक्ष पेञ्जोक्ला शेर्पाका अनुसार चैत २३ गते राखेको क्यामेरामा चैत ३० गते बेलुका ७ बजेर ५ मिनेटमा दुईवटा हिउँ चितुवा देखिएको हो ।

हिउँ चितुवा प्रशस्त रहेको अनुमान गरिएको तर संख्या यकिन नभएको फक्ताङलुङ गाउँपालिका–६ लेलेपको हिमाली क्षेत्रमा यो वर्ष अध्ययनका लागि ३४ वटा क्यामेरा जडान गरिएको छ । शेर्पाका अनुसार दुवै हिउँ चितुवा सँगसँगै हिँडेको देखिएको छ । क्यामेराले एउटाको पुरै शरीर खिचेको छ भने अर्कोको चाहिँ पुच्छर मात्रै खिच्न भ्याएको छ ।

४ हजार २ सय ६६ मिटर उचाइको मेराकमा खिचेको क्यामेराको रेकर्ड भने उनीहरूले ढिलो गरी थाहा पाएका थिए । एकपछि अर्को गरेर क्यामेराको मेमोरी हेर्दा केही ढिलो गरी थाहा पाएको तर हिउँ चितुवा परेको देख्दा खुसीको सीमा नभएको उनले बताइन् ।

विश्व वन्यजन्तु कोष नेपालको सहयोगमा कञ्चनजंघा संरक्षण क्षेत्रले हिउँ चितुवा संरक्षण उपसमिति मार्फत यो वर्ष क्यामेरा राखेको हो । यो क्षेत्रमा १० ठाउँमा २० वटा क्यामेरा राखिएको छ ।

खम्बाछेन क्षेत्रमा सबैभन्दा बढी क्यामेरा राखिएको छ । यो ठाउँमा पहिला पनि हिउँ चितुवालाई पासोमा पारेर स्याटलाइट लगाइएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार ००:४३

पाथिभरा याङवरकले दियो कृषकलाई उपकरण र सुन्तलाको बिरुवा

ताप्लेजुङ । पाथिभरा याङवरक गाउँपालिकाले कृषकहरूलाई कृषि सम्बन्धी उपकरण र

नेकपा एस ताप्लेजुङले अधिवेशनमा दुई सय ५० प्रतिनिधि सहभागी गराउने 

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी ताप्लेजुङले जिल्ला अधिवेशनमा दुई

आठराई त्रिवेणी गाउँपालिकाको तीन वर्षे प्रगति सार्वजनिक

साहारा लिम्बूताप्लेजुङ। आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमु (दिपेन)ले आफ्नो

केबुलकारको विरुद्धमा फेरी आन्दोलनका चरणहरू सार्वजनिक

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा केबुलकार निर्माणको

ताप्लेजुङमा बढ्यो बुढ्यौलीको सङ्ख्या  

ताप्लेजुङ । ताप्लेजुङमा बुढ्यौलीको सङ्ख्या बढेको छ । तथ्याङ्क समन्वय