अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउन सक्ने विधेयक सिनेटबाट पारित



काठमाडौं । अमेरिकाको सिनेटले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने विवादास्पद विधेयक अनुमोदन गरेको छ । विधेयकले टिकटकको स्वामित्व भएको चिनियाँ कम्पनी बाइटड्यान्सलाई नौ महिनाभित्र आफ्नो स्वामित्व बिक्री गर्ने वा अमेरिकामा प्रतिबन्ध खेप्ने विकल्प दिएको छ ।

यो विधेयक राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेपछि लागू हुन्छ । राष्ट्रपति बाइडेनले विधेकक आफूकहाँ आएपछि अविलम्ब हस्ताक्षर गर्ने बताउनुभएको बीबीसीले जनाएको छ । सिनेटमा विधेयकको पक्षमा ७९ र विपक्षमा १८ जनाले मतदान गरेका छन् ।

युनिभर्सिटी अफ रिच्मन्डका कानुनका प्राध्यापक कार्ल टोबियासले यो मुद्दामा लामो कानुनी लडाइँ शुरु हुन सक्ने र त्यो झन्डै दुई वर्षसम्म चल्न सक्ने बताउनुभएको छ । बाइटड्यान्सले अमेरिकी सिनेटको निर्णयबारे आफ्नो कुनै प्रतिक्रिया नभएको बीबीसीलाई बताएको छ ।

यसअघि गएको महिना टिकटकका प्रमुख कार्यकारी शोउ जी चुले टिकटकको रक्षाका लागि आफ्नो कानुनी अधिकार प्रयोग गर्न यथासम्भव सबै कुरा गर्ने बताउनुभएको थियो । टिकटकबाट लाखौँ अमेरिकी प्रयोगकर्तासँग सम्बन्धित तथ्याङ्क चीनले हात पारेको वा पार्न सक्ने अमेरिकाको आशङ्का छ ।

सिनेटले टिकटकसम्बन्धी विषयसहित युक्रेन, इजरायल, ताइवान र इन्डो–प्यासिफिक क्षेत्रका अन्य अमेरिकी साझेदारहरूलाई सैन्य सहयोग दिने विषय गरी चार वटा विधयेक पनि पारित गरेको छ ।

प्रकाशित मिति : 2:07 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन