अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउन सक्ने विधेयक सिनेटबाट पारित



काठमाडौं । अमेरिकाको सिनेटले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने विवादास्पद विधेयक अनुमोदन गरेको छ । विधेयकले टिकटकको स्वामित्व भएको चिनियाँ कम्पनी बाइटड्यान्सलाई नौ महिनाभित्र आफ्नो स्वामित्व बिक्री गर्ने वा अमेरिकामा प्रतिबन्ध खेप्ने विकल्प दिएको छ ।

यो विधेयक राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेपछि लागू हुन्छ । राष्ट्रपति बाइडेनले विधेकक आफूकहाँ आएपछि अविलम्ब हस्ताक्षर गर्ने बताउनुभएको बीबीसीले जनाएको छ । सिनेटमा विधेयकको पक्षमा ७९ र विपक्षमा १८ जनाले मतदान गरेका छन् ।

युनिभर्सिटी अफ रिच्मन्डका कानुनका प्राध्यापक कार्ल टोबियासले यो मुद्दामा लामो कानुनी लडाइँ शुरु हुन सक्ने र त्यो झन्डै दुई वर्षसम्म चल्न सक्ने बताउनुभएको छ । बाइटड्यान्सले अमेरिकी सिनेटको निर्णयबारे आफ्नो कुनै प्रतिक्रिया नभएको बीबीसीलाई बताएको छ ।

यसअघि गएको महिना टिकटकका प्रमुख कार्यकारी शोउ जी चुले टिकटकको रक्षाका लागि आफ्नो कानुनी अधिकार प्रयोग गर्न यथासम्भव सबै कुरा गर्ने बताउनुभएको थियो । टिकटकबाट लाखौँ अमेरिकी प्रयोगकर्तासँग सम्बन्धित तथ्याङ्क चीनले हात पारेको वा पार्न सक्ने अमेरिकाको आशङ्का छ ।

सिनेटले टिकटकसम्बन्धी विषयसहित युक्रेन, इजरायल, ताइवान र इन्डो–प्यासिफिक क्षेत्रका अन्य अमेरिकी साझेदारहरूलाई सैन्य सहयोग दिने विषय गरी चार वटा विधयेक पनि पारित गरेको छ ।

प्रकाशित मिति : 2:07 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा