ताप्लेजुङमा थपिए ९ महिनामा ५१ उद्योग



ताप्लेजुङ । चालू आर्थिक बर्ष २०८०/८१ को ९ महिना भित्रमा ताप्लेजुङमा ५१ उद्योग थपिएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका अनुसार यो सहित ताप्लेजुङमा दर्ता भएका कूल उद्योगको संख्या २ हजार १ सय ८२ पुगेको छ । कार्यालयका सूचना अधिकारी तथा उद्यम विकास सहजकर्ता नवीन भट्टराईका अनुसार चालू आवमा सबैभन्दा बढी कृषि तथा वन पैदावारमा आधारित उद्योग थपिएका छन् ।

यो प्रकृतिका २८ वटा उद्योग दर्ता हुँदा पूर्वाधारका ९ वटा, पर्यटन र सेवामुलक ५–५ वटा र उत्पादनमूलक ४ वटा उद्योग दर्ता भएको भट्टराईले जानकारी दिनुभयो ।

यस आवमा खनिज,सूचना तथा सञ्चार प्रविधि र सूचना प्रसारण प्रविधिमा आधारित उद्योग दर्ता नभएको समेत घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । यस्तै चालू आवमा ९१ वटा उद्योगको नविकरण भएकोे छ भने ७ वटाको नामसारी र दुईवटाको ठाउँसारी भएको छ । ४ वटा उद्योगको उद्देश्य थप सहितको अद्यावधिक हुँदा ४ वटा उद्योगको लगत कट्टा गरिएको छ ।

१० वटा उद्योगको प्रतिलिपि जारी भएको छ भने ४ वटा उद्योगको पुँजी बृद्धि र ४ वटाको नाम परिवर्तन भएको घरेलु कार्यालयले जनाएको छ । चालू आवको ९ महिने अवधिमा कार्यालयले १ सय ५ वटा उद्योगको निरीक्षण गरेको समेत जनाएको छ ।

यता वाणिज्य प्रशासनतर्फ २५ वटा फर्म दर्ता तथा ४६ वटाको नविकरण भएको छ । ३ वटा उद्योगको उद्देश्य थप हुँदा २ वटाको पुँजी बृद्धि भएको छ । वाणिज्य प्रशासनतर्फ एक उद्योगको नामसारी गरिएको छ भने ७ वटा उद्योगको प्रतिलिपि जारी भएको छ । eujyalopost.com

प्रकाशित मिति : 2:02 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन