ताप्लेजुङमा थपिए ९ महिनामा ५१ उद्योग



ताप्लेजुङ । चालू आर्थिक बर्ष २०८०/८१ को ९ महिना भित्रमा ताप्लेजुङमा ५१ उद्योग थपिएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका अनुसार यो सहित ताप्लेजुङमा दर्ता भएका कूल उद्योगको संख्या २ हजार १ सय ८२ पुगेको छ । कार्यालयका सूचना अधिकारी तथा उद्यम विकास सहजकर्ता नवीन भट्टराईका अनुसार चालू आवमा सबैभन्दा बढी कृषि तथा वन पैदावारमा आधारित उद्योग थपिएका छन् ।

यो प्रकृतिका २८ वटा उद्योग दर्ता हुँदा पूर्वाधारका ९ वटा, पर्यटन र सेवामुलक ५–५ वटा र उत्पादनमूलक ४ वटा उद्योग दर्ता भएको भट्टराईले जानकारी दिनुभयो ।

यस आवमा खनिज,सूचना तथा सञ्चार प्रविधि र सूचना प्रसारण प्रविधिमा आधारित उद्योग दर्ता नभएको समेत घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । यस्तै चालू आवमा ९१ वटा उद्योगको नविकरण भएकोे छ भने ७ वटाको नामसारी र दुईवटाको ठाउँसारी भएको छ । ४ वटा उद्योगको उद्देश्य थप सहितको अद्यावधिक हुँदा ४ वटा उद्योगको लगत कट्टा गरिएको छ ।

१० वटा उद्योगको प्रतिलिपि जारी भएको छ भने ४ वटा उद्योगको पुँजी बृद्धि र ४ वटाको नाम परिवर्तन भएको घरेलु कार्यालयले जनाएको छ । चालू आवको ९ महिने अवधिमा कार्यालयले १ सय ५ वटा उद्योगको निरीक्षण गरेको समेत जनाएको छ ।

यता वाणिज्य प्रशासनतर्फ २५ वटा फर्म दर्ता तथा ४६ वटाको नविकरण भएको छ । ३ वटा उद्योगको उद्देश्य थप हुँदा २ वटाको पुँजी बृद्धि भएको छ । वाणिज्य प्रशासनतर्फ एक उद्योगको नामसारी गरिएको छ भने ७ वटा उद्योगको प्रतिलिपि जारी भएको छ । eujyalopost.com

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलवार १४:०२

पाथिभरा याङवरकले दियो कृषकलाई उपकरण र सुन्तलाको बिरुवा

ताप्लेजुङ । पाथिभरा याङवरक गाउँपालिकाले कृषकहरूलाई कृषि सम्बन्धी उपकरण र

नेकपा एस ताप्लेजुङले अधिवेशनमा दुई सय ५० प्रतिनिधि सहभागी गराउने 

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी ताप्लेजुङले जिल्ला अधिवेशनमा दुई

आठराई त्रिवेणी गाउँपालिकाको तीन वर्षे प्रगति सार्वजनिक

साहारा लिम्बूताप्लेजुङ। आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमु (दिपेन)ले आफ्नो

केबुलकारको विरुद्धमा फेरी आन्दोलनका चरणहरू सार्वजनिक

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा केबुलकार निर्माणको

ताप्लेजुङमा बढ्यो बुढ्यौलीको सङ्ख्या  

ताप्लेजुङ । ताप्लेजुङमा बुढ्यौलीको सङ्ख्या बढेको छ । तथ्याङ्क समन्वय