पत्रकार महासंघ ताप्लेजुङको ११औं साधारणसभा १६ गते 



ताप्लेजुङ । नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको ११औं साधारणसभा हुने भएको छ । आज बसेको पत्रकार महासंघ ताप्लेजुङको बैठकले यही वैशाख १६ गते साधारण सभा गर्ने निर्णय गरेको हो । 

शाखा अध्यक्ष आनन्द गौतमका अनुसार साधारणसभा बैशाख १६ गते बिहान ८ बजे देखि सुरुहुने भएको छ । साधरणसभामा केन्द्रीय तथा प्रदेश प्रतिनिधिको उपस्थितिलाई अनिवार्य गरिएको छ । साधारणसभा सकिएपछि नेतृत्व चयन गर्नेगरी जिल्ला अधिवेशनको मिति तोकिने भएको छ ।

जिल्ला अधिवेशन अघि पत्रकार महासंघ ताप्लेजुङले आफ्नो नवनिर्मित भवनको उद्घाटन कार्यक्रमको योजना बताईएको शाखा अध्यक्ष गौतमले जानकारी दिनुभयो । साथै महासङ्घले प्रकाशन गर्न लागेको स्मारिका विमोचनको तयारी पनि भइरहेको पत्रकार महासंघ ताप्लेजुङ शाखाका सचिव सुवास आचार्यको भनाई छ । 

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलवार १३:५४

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका

ताप्लेजुङमा बजार अनुगमन तिव्रता

ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । मापदण्ड

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले

धान दिवसमा रोपाइ

ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको