माओवादी केन्द्र ताप्लेजुङले सुदृढीकरण अभियान सञ्चालन गर्ने



ताप्लेजुङ । नेकपा (माओवादी केन्द्र) ताप्लेजुङले पार्टी सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । माओवादीले दुई महिने पार्टी सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको हो ।

यही वैशाख १५ देखि असार १५ गतेसम्म पूर्वेली पार्टी सङ्गठन सुदृढीकरण अभियान सञ्चालन हुने माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुडाक्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार अभियानमा कार्यकर्ता भेटघाट, बैठक, सङ्गठन निर्माण लगायतका क्रियाकलाप हुने छ ।

माओवादी केन्द्र जिल्ला समितिले पत्रकार सम्मेलन गरी दुई महिने अभियान सञ्चालन गर्नेबारे जानकारी गराएको हो । केन्द्रीय तथा प्रदेश समितिका सदस्यहरूको नेतृत्वमा प्रत्येक स्थानीय तह र वडा वडामा पुगेर अभियान सञ्चालन गरिने जिल्ला संयोजक विष्णुकुमार हाङ्बाङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलवार १३:०९

सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय हुन थाले

ताप्लेजुङ, भदौ २० गते । रकारको निर्देशनअनुसार दूरसञ्चार सेवा प्रदायक

सरकारसँग सम्पर्कमा आयो फेसबुक : दर्ता प्रक्रिया अघि बढाउन मेटाले माग्यो विवरण

ताप्लेजुङ, भदौ १९ गते । सामजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था

२६ सामाजिक सञ्जाल निष्क्रिय गर्ने सरकारको निर्णयसँगै भाइबरतिर झुम्मिए प्रयोगकर्ता

ताप्लेजुङ, भदौ १९ गते । सरकारले नेपालको फेसबुकसहित २६ सामाजिक

याक्थुङ कलाकार परिषद् अध्यक्षमा पालुङ्वा चयन

ताप्लेजुङ, भदौ १८ गते । ताप्लेजुङमा किराँत याक्थुङ चुम्लुङअन्तर्गत याक्थुङ

किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङद्वारा पाँच विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ १८ गते । किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले स्थापना