माओवादीले दुई महिने संगठन सुदृढीकरण अभियान चाल्ने




रेडियो काबेली
ताप्लेजुङ । माओवादी केन्द्र ताप्लेजुङले नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) को ७५ औँ स्थापन दिवस तथा लेलिन जयन्ती मनाएको छ । माओवादी केन्द्रले बिहान पत्रकारसँग भेटघाट गरी साँझ दिप प्रज्वलन गरि स्थापन दिवस मनाएको हो । पार्टीका केन्द्रिय सदस्य खेल प्रसाद बुडाक्षेत्री (पराग)ले मानिसहरुलाई आफ्नो जन्मिदिन थाहा भए जसरी नै आफ्नो पार्टीको जन्मदिन थाहाहोस् भन्ने उद्धेश्यले स्थापना दिवस मनाईएको बताउनुभयो ।

सामान्य सामाजिक र आर्थिक सुशासन समेत पालना गर्न नसक्दा पार्टी र नेताहरुप्रति जनविश्वास घट्दै गएको माओवादीको निष्कर्ष छ । साथै उस्ले राष्ट्रिय आर्थिक क्रान्तिको नेतृत्व गर्न कम्युनिष्ट पार्टीहरुको एकता र माओवादी समेत बदलिनु पर्ने जनाएको छ । केन्द्रिय सदस्य बुडाक्षेत्रीले पार्टीले यही वैशाख १५ गतेबाट असार १५ गतेसम्म दुई महिने संगठन सुदृढीकरण अभियान चाल्ने बताउनु भयो । उक्त अभियानको नाम पुर्बेली पार्टी संगठन सुदृढीकरण हुने र उक्त अभियान ताप्लेजुङको नौ वटै स्थानीय तहमा बैशाख १५ गते नै सुरु हुने माओवादी केन्द्र ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : 1:38 pm

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण